आहा ! रारा गाेल्डकप : आयाेजक सहारा क्लवकाे विजयी सुरुवात,गोर्खा इन्टरनेशनल फुटबल क्लब १-० ले पराजित

आहा ! रारा गाेल्डकप : आयाेजक सहारा क्लवकाे विजयी सुरुवात,गोर्खा इन्टरनेशनल फुटबल क्लब १-० ले पराजित

पाेखरा। आहा ! रारा पोखरा गोल्डकपमा पहिलो पटक सहभागि भएको पाहुना टोली हङकङको गोर्खा इन्टरनेशनल क्लव आयोजक सहारा क्लवसंग पराजित भएको छ ।

पोखरा रंगशालाको फुटबल मैदानमा मंगलबार साँझ भएको उद्घाटन खेलमा आयोजक सहाराले पाहुना टोली हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लबलाई १-० को गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

खेलको इन्जुरी समयमा सहाराका प्रशन्न श्रेष्ठले गोल गर्दै पोखरेली दर्शकलाई प्रशन्न बताए । ९० मिनेटको खेलमा थपिएको ४ मिनेटको इन्जुरी समयको तेश्रो मिनेटमा श्रेष्ठले करिब २० यार्ड टाढाबाट प्रहार गरेको वलले जाली चुमेको हो ।

गोर्खा इन्टरनेशनल फुटबल क्लवले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिनु पर्यो । सहाराका केही खेलाडीहरुको अवसर खेर जादा गोल अन्तर फराकिलो पार्न सकेन ।

भोलि (बुधबार) जाउलाखेल युथ क्लव बिरुद्ध मछिन्द्र फुटवल क्लव बिच खेल हुने भएको प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताए । प्रतियोगिताको उद्घाटन पोखराका मेयर धनराज आचार्यले गरेका थिए । हिमश्री फुड्स प्रा.लि.को मुख्य प्रायोजनमा उक्त प्रतियोगिता अस्थायी फ्लटलाइटमा संचालन भएको छ ।

फागुन ९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ३ विदेशी सहित १२ टिमको सहभागिताल रहेको सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

साथै अनुशासित टिम, उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ र भाग्यशाली दर्शकलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने भएको छ । यस वर्षको सर्वोत्कृष्ट खेलाडीले टेल्जी इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन्।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20851, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   5   =  

Protected by Spam Master