भारतविरुद्ध खेल्न पाकिस्तान सहमत « रिपोर्टर्स नेपाल

भारतविरुद्ध खेल्न पाकिस्तान सहमत « रिपोर्टर्स नेपाल

काठमाडौं, माघ २७ । आईसीसी टी–२० विश्वकपमा भारतसँग नखेल्ने निर्णयबाट पछि हट्दै पाकिस्तान खेल्न सहमत भएको छ। अब भारत–पाकिस्तानबीचको खेल फेब्रुअरी १५ मा श्रीलंकाको कोलम्बोमा तय समयमै हुनेछ।

पाकिस्तान सरकारले मित्र राष्ट्रहरूको आग्रह र छलफलपछि क्रिकेटको भावना जोगाउन यो निर्णय लिएको जनाएको छ। आईसीसी र पाकिस्तान क्रिकेट बोर्डबीचको वार्ता सफल भएपछि सबै सदस्य राष्ट्रहरूले प्रतियोगिताप्रति प्रतिबद्धता जनाएका छन्।

यसअघि बंगलादेशलाई लिएर उठेको विवाद पनि समाधान भएको छ र उसमाथि कुनै कारबाही नहुने निर्णय गरिएको छ। अब क्रिकेटप्रेमीहरूले विश्वकपको सबैभन्दा प्रतिक्षित भारत–पाकिस्तान भिडन्त हेर्न पाउने भएका छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   1   =  

Protected by Spam Master