नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

धादिङ, २७ माघ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित तातोपानी चौतारो पार्कको शिलान्यास गरिएको छ। वडा अध्यक्ष धर्मराज भण्डारी (राजकुमार) ले सोमबार एक कार्यक्रमका बीच चौतारो निर्माण कार्यको औपचारिक शिलान्यास गर्नुभएको हो।बागमती प्रदेश सरकारबाट विनियोजित ९ लाख रुपैयाँको लागतमा चौतारा पार्क निर्माण गर्न लागिएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले वडा भित्र रहेका पुराना चौताराहरूको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो।
उहाँले चौतारोसँग स्थानीय समुदायको ऐतिहासिक र सामाजिक सम्बन्ध जोडिएको उल्लेख गर्दै बाटो हिँड्ने बटुवालाई विश्राम गर्ने स्थान र टोलस्तरका छलफल गर्ने साझा थलोका रूपमा चौतारोको महत्व रहेको बताउनुभयो। विशेषगरी वर–पिपलको चौतारो धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण हुने भन्दै यस्ता संरचनाले वातावरणीय सन्तुलन कायम राख्न र अक्सिजन आपूर्तिमा समेत योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो।
तातोपानी चौतारा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तोष सापकोटाका अनुसार उपभोक्ता समितिमार्फत निर्माण गरिने उक्त आयोजना चालु आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ।वडा १२ मा चौतारो संरक्षण तथा पार्क निर्माणले स्थानीय सांस्कृतिक पहिचान जोगाउनुका साथै सामुदायिक जमघटको परम्परालाई निरन्तरता दिने विश्वास गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ७, सोमबार ११:१५यथार्थको गहिराइ बोकेको ‘पारी बुटोल’को टिजर सार्वजनिक
समाचार२०८३ बैशाख ७, सोमबार १०:१२अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
समाचार२०८३ बैशाख ७, सोमबार ०८:००बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
समाचार२०८३ बैशाख ६, आईतवार १९:३७नीलकण्ठका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन नगरपालिकाले पूर्ण सहयोग गर्ने : मेयर ढुङ्गाना






