धादिङको दीर्घकालीन विकासका लागि २० वर्षे रणनीति र प्रतिबद्धता पत्र ल्याउने तयारीमा रास्वपा उम्मेदवार श्रेष्ठ

धादिङबेशी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार बोध नारायण श्रेष्ठले जिल्लाको दीर्घकालीन विकास र समृद्धिका लागि स्पष्ट खाका सहित अघि बढ्ने बताउनुभएको छ । सोमबार बिहान धादिङबेशीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले धादिङको समग्र विकासका लागि २० वर्षे रणनीतिक योजना र प्रतिबद्धता पत्र तयार पारेर कार्यान्वयनमा लैजाने योजना आफूले अघि सारेको जानकारी दिनुभयो ।
उम्मेदवार श्रेष्ठले हालसम्म धादिङ जिल्लामा दीर्घकालीन सोचसहितको रणनीतिक योजना नबनाइएकाले योजनाबद्ध विकास हुन नसकेको उल्लेख गर्नुभयो । “अब जिल्लाको विकास टुक्राटुक्रामा होइन, स्पष्ट लक्ष्य, नीति र प्राथमिकतासहित अगाडि बढ्नुपर्छ,” उहाँले भन्नुभयो, “त्यसका लागि प्रतिबद्धता पत्रमार्फत विकास र समृद्धिको खाका सार्वजनिक गरिनेछ ।”
श्रेष्ठले सामाजिक सुरक्षा कार्यक्रमलाई नागरिकमैत्री बनाउने, कृषि र पर्यटनको एकीकृत विकास, र विकासका योजनालाई सञ्जालीकरण (networking) गर्दै अगाडि बढ्ने आफ्नो मुख्य एजेन्डा रहेको बताउनुभयो । साथै, रिसर्च र इनोभेशनमा आधारित नीति निर्माण गरेर दीगो विकासको बाटो समात्ने उल्लेख गर्नुभयो ।
“सुसंस्कृत राजनीति नै समृद्धिको आधार हो,” उम्मेदवार श्रेष्ठले भन्नुभयो, “जनताको गुनासो, सुझाव र प्रश्न बुझ्न म गाउँ–गाउँ पुगेको छु । जनतासँग प्रत्यक्ष संवाद गरेर बनाइने नीति नै सफल हुन्छ भन्ने मेरो विश्वास हो ।” युनिसेफ नेपालमा १७ वर्षभन्दा बढी WASH (खानेपानी, सरसफाइ तथा स्वच्छता) अधिकृतका रूपमा कार्य गरेको अनुभव रहेको उल्लेख गर्दै श्रेष्ठले विपद् व्यवस्थापन, जलवायु परिवर्तन, नीति तथा प्रणाली निर्माणमा आफ्नो व्यावहारिक अनुभव जिल्लाको विकासमा उपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पत्रकार सम्मेलनमा रास्वपा धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार श्रेष्ठसँगै चुनाव परिचालन समितिका संयोजक डा. कृष्णमान शाक्य लगायत रास्वपाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
रास्वपाले जिल्लामा ‘जनसंवाद’ कार्यक्रम सञ्चालन गर्दै त्रिपुरासुन्दरी, ज्वालामुखी, नीलकण्ठ, गंगाजमुना लगायतका स्थानमा मतदातासँग प्रत्यक्ष भेटघाट गरिसकेको जनाएको छ । आगामी दिनमा पनि जनस्तरमै पुगेर संवाद र छलफललाई निरन्तरता दिने रास्वपाको तयारी रहेको उम्मेदवार श्रेष्ठले जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ५, शुक्रबार १४:३८भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार ०८:३२हिमाल घर्ती मगरको ‘ए साइली’ सार्वजनिक








