‘भाषण होइन परिणाम’— कास्की–२ बाट कुशल गुरुङको २१ बुँदे घोषणापत्र

पोखरा । कास्की क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका उज्यालो नेपाल पार्टीका नेता कुशल गुरुङले सुशासन, समृद्धि र जलवायु न्यायलाई केन्द्रमा राख्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। घोषणापत्रमा पर्यटन प्रवर्द्धन, जलवायु संरक्षण, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्र, शिक्षा, स्वास्थ्य र सुशासनका ठोस कार्यक्रम समेटिएका छन्।
जलवायु परिवर्तन तथा नवीकरणीय ऊर्जाका अन्तर्राष्ट्रिय विज्ञ गुरुङ एसिया सोसाइटी अमेरिकाको Asia 21 Young Leaders सम्मान प्राप्त व्यक्ति हुन्। उहाँ एस्पेन आइडियाज फेलो (२०१७) तथा एडिनबर्ग विश्वविद्यालय व्यवस्थापन विद्यालयको १०० वर्षे इतिहासका उत्कृष्ट १०० पूर्वविद्यार्थीमध्ये पर्छन् ।
पोखराको प्रकृति र पर्यटन जोगाउने प्रतिबद्धता
घोषणापत्रमा पोखराको पहिचान प्रकृति र पर्यटन भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण ताल, हिमाल र सिमसार क्षेत्र जोखिममा परेको जनाइएको छ। गुरुङले औद्योगिक राष्ट्रहरूको अत्यधिक कार्बन उत्सर्जनका कारण पोखरा प्रभावित भएको उल्लेख गर्दै जलवायु क्षतिपूर्तिका लागि संयुक्त राष्ट्रसंघको हरित जलवायु कोषमार्फत अन्तर्राष्ट्रिय वित्त ल्याउने पहल गरिने बताएका छन्।
पर्यटन र पूर्वाधार
घोषणापत्र अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गरी वार्षिक ३० लाख पर्यटक भित्र्याउने योजना अघि सारिएको छ। पृथ्वीचोकस्थित बसपार्कलाई अपांगमैत्री संरचना, सार्वजनिक शौचालय, स्तनपान कक्ष, स्नानगृह, बहुधार्मिक प्रार्थना स्थल र सुविधायुक्त प्रतीक्षालयसहित आधुनिक बसपार्कमा रूपान्तरण गर्ने उल्लेख छ।
फेवाताल संरक्षणका लागि रामसार मापदण्डअनुसार अतिक्रमण नियन्त्रण, ढल व्यवस्थापन र जैविक विविधताको संरक्षण गरिने बताइएको छ। सेती कोरिडोर विकास योजनाअन्तर्गत शान्ति वन जैविक विविधता उद्यान, रामघाट जलविहार मनोरञ्जन केन्द्र र बागमारा क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने कार्यक्रम पनि घोषणापत्रमा समावेश छ।
रोजगारी, डिजिटल अर्थतन्त्र र शिक्षा
आर्थिक रूपान्तरणका लागि Pokhara Digital Ecosystem (PDE) स्थापना गरी २५ हजार नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ। सामुदायिक विद्यालय, क्याम्पस र विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) आधारित शिक्षा तथा तालिम लागू गर्ने योजना पनि घोषणापत्रमा उल्लेख छ।
कृषि, स्वास्थ्य र सामाजिक न्याय
घोषणापत्रले जलवायु उत्थानशील कृषि प्रणाली, कृषकका लागि जलवायु जोखिम बीमा, सिट्रस ग्रिनिङ रोगको वैज्ञानिक समाधान तथा ग्रामीण क्षेत्रलाई अर्गानिक कृषि–पर्यटन क्षेत्रका रूपमा विकास गर्ने कार्यक्रम अघि सारेको छ। सरकारी अस्पताल र स्वास्थ्य चौकी स्तरोन्नति गर्दै विशेषज्ञ सेवा र आधुनिक स्वास्थ्य बीमा प्रणाली प्रभावकारी बनाइने उल्लेख छ।
सुशासन र कानुनी कडाइ
सुशासनका लागि कर्मचारीतन्त्रको कार्यसम्पादन मूल्याङ्कन, वित्तीय अनुशासन, वैज्ञानिक लेखापरीक्षण र AI आधारित सुशासन प्रणाली लागू गरिने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ। सहकारी संस्थामा भएको बचत हिनामिनामा संलग्न व्यक्ति तथा गिरोहमाथि तत्काल कानुनी कारबाही गरी पीडितको बचत फिर्ता गरिने पनि उल्लेख गरिएको छ।
घोषणापत्र सार्वजनिक गर्दै गुरुङले “भाषण होइन, काम र परिणाम” आफ्नो राजनीतिक प्रतिबद्धता भएको उल्लेख गर्दै कास्की–२ का मतदातालाई उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘चिम’ मा मतदान गर्न आग्रह गरेका छन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20844, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १८, सोमबार २१:४६साेमबार राति १२ बजेपछि मौन अवधि सुरु, यी काम गर्न पाइँदैन
समाचार२०८२ फाल्गुन १७, आईतवार १९:३२मौन अवधिमा सञ्चार माध्यमको दायित्व झन् बढीः सरोकारवाला
समाचार२०८२ फाल्गुन १७, आईतवार १५:३८कास्की २ का एमाले उम्मेदवार रश्मि आचार्यले सामाजिक संजालबाट आज बेलुकी ८ बजे मतदातासँग प्रत्यक्ष संवाद गर्ने
समाचार२०८२ फाल्गुन १७, आईतवार १३:४९इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन राष्ट्रिय शोक घोषणा







