प्रा.डा. भट्टराईको अगुवाईमा नेपालमा पहिलोपटक एमआईसीएस प्रविधिबाट जन्मजात मुटुमा प्वाल भएको विरामीको ओपन हार्ट सर्जरी सम्पन्न

प्रा.डा. भट्टराईको अगुवाईमा नेपालमा पहिलोपटक एमआईसीएस प्रविधिबाट जन्मजात मुटुमा प्वाल भएको विरामीको ओपन हार्ट सर्जरी सम्पन्न

काठमाडौं, १ फागुन । प्रा.डा. अनिल भट्टराईको टिमले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा आज नेपालमै पहिलोपटक एमआईसीएस (MICS) प्रविधिबाट जन्मजात मुटुमा प्लाव भएका विरामीको ओपन हार्ट सर्जरी सफलतापूर्वक सम्पन्न गरेको छ ।

४२ वर्षका पुरुषको हालै एमआईसीएस प्रविधि (काखीमा सानो प्वाल गरेर) शल्यक्रिया सम्पन्न गरिएको हो । प्रा.डा. भट्टराईको नेतृत्वमा सम्पन्न भएको उक्त शल्यक्रियाको टिममा डा. रवि बराल, डा. प्रभात खकुराल, डा. समिर यादव र प्रा.डा. विश्वास प्रधानको टिम संलग्न थियो । विरामीलाई लागेको यो रोगलाई मेडिकल भाषामा भिएसडी अर्थात भेन्ट्रिकुलर सेप्टल डिफेक्ट भनिन्छ ।

डा. भट्टराईका अनुसार यो शल्यक्रिया एक साताअघि सम्पन्न भएको हो । विरामी अस्पतालबाट स्वास्थ्लाभ गरेर डिस्चार्ज भैसकेका छन् । यसअघि पनि डा. भट्टराईले दुर्लभ रोगको यस नयाँ प्रविधिबाट सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेर विरामीहरुलाई नयाँ जीवन दिएकोमा यो केस पनि अर्को दुर्लभमध्येकै एक हो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   1   =  

Protected by Spam Master