आज तीन खेल हुँदै « रिपोर्टर्स नेपाल

काठमाडौं, फागुन २ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछन् । आज पहिलो खेल समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच हुदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा आयरल्याण्ड र ओमान दुवैले आफ्ना शुरुका २-२ खेलमा हार बेहोरेका छन् ।
त्यस्तै आजको दोस्रो खेलमा समुह सी का इङल्याण्ड र स्कटल्याण्ड खेल्दैछन् । भारतको कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा इङल्याण्ड र स्कटल्याण्ड दुवैले २-२ खेलमा १-१ खेल जितेका छन् भने १-१ खेलमा हार बेहोरेका छन् ।
त्यसैगरी आज तेस्रो खेल समुह डी का न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच हुदैछ । भारतको अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा न्यूजील्याण्ड र दक्षिण अफ्रिका दुवैले यसअघि खेलेका २-२ खेलनै जितेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ फाल्गुन २, शनिबार ०७:३२आज तीन खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८२ फाल्गुन २, शनिबार ०७:१४आजका लागि कृषिउपजको थोक मूल्य
समाचार२०८२ फाल्गुन १, शुक्रबार २०:३२वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १, शुक्रबार १५:२९स्व. दिनेश सिटौलाको स्मृतिमा चलचित्र पत्रकार संघ नेपालद्वारा अक्षय कोष स्थापना








