निर्वाचन प्रणालीमा सुधार गरि इ–भोटिङको व्यवस्था गर्छौँ : रास्वपा उम्मेदवार श्रेष्ठ

धादिङबेशी । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट धादिङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार बोध नारायण श्रेष्ठले वर्तमान निर्वाचन प्रणाली खर्चिलो र झन्झटिलो भएको भन्दै यसको आमूल सुधार आवश्यक रहेको बताउनुभएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीका क्रममा खनियाबास गाउँपालिका वडा नम्बर ५, च्युल्पा डाँडामा आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै उहाँले दुर्गम क्षेत्रका नागरिकहरूका लागि मतदान प्रक्रिया आर्थिक र भौगोलिक रूपमा चुनौतीपूर्ण बनेको उल्लेख गर्नुभयो ।
उम्मेदवार श्रेष्ठका अनुसार रोजगारी र शिक्षाका लागि काठमाडौँ लगायतका सहरमा बसोबास गरिरहेका रुबीभ्याली, खनियाबास तथा अन्य दुर्गम क्षेत्रका मतदाताहरूले मतदानका लागि गाउँ फर्किँदा एक जनालाई करिब चार हजार रुपैयाँ खर्च हुने गरेको छ, जसले धेरै नागरिकलाई आर्थिक भार परेको छ । उहाँले भन्नुभयो, “आर्थिक वा भौगोलिक कठिनाइका कारण कसैले पनि आफ्नो मताधिकारबाट वञ्चित हुनु हुँदैन ।”
यसको दीर्घकालीन समाधानका रूपमा सुरक्षित र विश्वसनीय इ–भोटिङ प्रणाली आवश्यक रहेको उहाँको धारणा छ । श्रेष्ठले जहाँ रहे पनि मतदाताले मतदान गर्न सक्ने व्यवस्था भए निर्वाचन प्रणाली सरल, सहज र छरितो हुने बताउनुभयो । त्यस्तै, विदेशमा रहेका लाखौँ नेपालीलाई पनि आफू बसेकै स्थानबाट मतदान गर्न सक्ने गरी कानुनी र प्राविधिक व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नागरिक समाज, युवा तथा ज्येष्ठ नागरिकहरूसँगको संवादमा उम्मेदवार श्रेष्ठले लोकतन्त्रलाई बलियो बनाउन प्रत्येक नागरिकको मतको मूल्य हुने भन्दै प्रविधिमैत्री निर्वाचन प्रणाली नै रास्वपाको प्रमुख एजेन्डा रहेको प्रस्ट पार्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ५, शुक्रबार १४:३८भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो « रिपोर्टर्स नेपाल








