चलचित्र ‘हामी तीन भाइ’को मार्मिक गीत सार्वजनिक

काठमाडौं । आगामी चैत १३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘हामी तीन भाइ’को लिरिकल गीत सार्वजनिक गरिएको छ। महाशिवरात्रीको अवसर पारेर निर्माण टिमले ‘मैले जति दुःख, पीडा, कष्ट पाएको भए’ बोलको मार्मिक गीत रिलिज गरेको हो।
गीतमा गायक बाबुल गिरीको स्वर रहेको छ भने सङ्गीत पनि उनैले गरेका हुन्। गीतले जीवनका दुःख, पीडा र संघर्षका कथालाई भावनात्मक ढंगले प्रस्तुत गर्छ। “आफ्नो दुःख–कष्ट अरूले पाएको भए सायद भगवान पनि रुन्थे” भन्ने भाव समेटिएको गीत निकै हृदयस्पर्शी बनेको छ। यस गीतमार्फत फिल्मको कथावस्तुको झलकसमेत दिन खोजिएको देखिन्छ।
मधुसुदन भट्टराई निर्देशित यस चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी, गोविन्दप्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जन लगायतका कलाकारहरूको अभिनय रहेको छ।
प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन् भने कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्। सह–निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे छन् ।
साजित महत प्रस्तुतकर्ता रहेको यस चलचित्रको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। छायाङ्कन शिव ढकालले गरेका छन् भने सम्पादन बनिश शाहको रहेको छ। सङ्गीत साप शक्ति र बाबुल गिरीले दिएका छन्। नृत्य निर्देशन कमल राई र इन्द्रदेव महर्जनले सम्हालेका छन्। पार्श्वसङ्गीत सम्राट थापा, ध्वनि मिश्रण मुकेश शाह र रङ संयोजन रेनिश फागोको रहेको छ। द्वन्द्व निर्देशन देव महर्जनले गरेका छन् भने मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेल रहेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २४, शनिबार १७:२१अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २४, शनिबार १५:४७राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:४३सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो
खेलकुद२०८३ आश्विन २३, शुक्रबार २०:१९एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश









