नयाँ वर्षको अवसरमा ‘पहाड’ रिलिज हुने

नयाँ वर्षको अवसरमा ‘पहाड’ रिलिज हुने

काठमाडौं। निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म पहाड नयाँ वर्ष २०८३ को वैशाख १ गतेदेखि प्रदर्शनमा आउने भएको छ। विदेश पलायनका कारण सुनसान बन्दै गएका पहाडी बस्ती र त्यसले निम्त्याउने सामाजिक–आर्थिक असरलाई कथावस्तु बनाइएको यो फिल्मले समाजको यथार्थ चित्रण गर्ने निर्देशक घिमिरेको दाबी छ।

प्रदर्शन मिति तयबारे उनले वितरकसँग छलफल गरी नेपाल र अन्तर्राष्ट्रिय बजार दुवैलाई ध्यानमा राखेर उपयुक्त समय छनोट गरिएको बताए। पारिवारिक कथावस्तु भएकाले स–परिवार हलमा गएर हेर्न मिल्ने अवसर रोजिएको उनको भनाइ छ।

ओजस्वी केसी निर्माताको रुपमा रहेको फिल्ममा छायांकन प्रमोद प्रधानले गरेका छन्। उनले यसअघि अन्याय, कोसेली र दक्षिणा लगायतका फिल्ममा पनि घिमिरेसँग सहकार्य गरिसकेका छन्।

भाग्यरत्न फिल्म्सको ब्यानरमा बनेको यस फिल्ममा विपीन कार्की, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ र सलोना बज्राचार्य लगायत कलाकारको अभिनय रहेको छ। निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यु गराउँदैछन् भने जेठी छोरी भावना घिमिरे प्रोडक्सन डिजाइनरको जिम्मेवारीमा छिन्।

फिल्ममा संगीत निर्देशन रञ्जित गजमेर को रहेको छ भने क्रिएटिभ निर्देशन भारती घिमिरेले सम्हालेकी छन्। सह–निर्मातामा रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग छन्। नेपाल वितरण वैङ्कटेश इन्टरटेनमेन्ट ले गर्नेछ भने विदेश वितरण सेभेन सिज इन्टरनेशनल फिल्म्स मार्फत हुनेछ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   6   =  

Protected by Spam Master