एमाले कास्की–२ को प्रतिबद्धता पत्र सार्वजनिक,सुशासन र भ्रष्टाचार नियन्त्रणमार्फत कास्कीको समृद्धि मुख्य एजेन्डा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की निर्वाचन क्षेत्र नम्बर २ ले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, एमालेका केन्द्रीय सदस्य प्रभा कोईराला, एमालेका पूर्व केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, प्रतिनिधिसभा सदस्य उम्मेदवार रश्मी आचार्य, समानुपातिक तर्फका उम्मेदवार दिपक पौडेल, एमाले कास्कीका कार्यवाहाक अध्यक्ष भेषराज बरालसहितले सो प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।
मंगलबार सार्वजनिक प्रतिबद्धता पत्रमार्फत एमालेले सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्ध कास्की निर्माणको विस्तृत खाका अघि सारेको छ ।
सो कार्यक्रममा बोल्दै उम्मेदवार आचार्यले देश अहिले इतिहासकै कठिन मोडबाट गुज्रिरहेको उल्लेख गर्दै संविधान, राष्ट्रिय स्वाधीनता र राजनीतिक स्थिरताको रक्षा आफ्नो प्राथमिकता रहने बताए । उनले राष्ट्रहितलाई केन्द्रमा राख्दै संविधानमा आवश्यक संशोधन, स्थिर सरकार र आर्थिक विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमार्फत जनताले सहज र छिटो सेवा पाउने वातावरण सिर्जना गर्ने उल्लेख गर्दै उनले जनमैत्री कानून निर्माणमा जोड दिने बताए । साथै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गरी जमिन र आवासको अधिकार सुनिश्चित गरिने उनको प्रतिबद्धता छ ।
पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन, स्वास्थ्य, ध्यान, योग, शिक्षा र संस्कृतिको केन्द्रका रूपमा विकास गर्ने योजना समेत प्रतिबद्धता पत्रमा समेटिएको छ । यसैगरी नयाँ पर्यटकीय स्थल, सेवा र पूर्वाधार विस्तार गरी पर्यटकको बसाइ अवधि लम्ब्याउने लक्ष्य राखिएको छ ।
प्रतिबद्धता पत्रमा जेष्ठ नागरिक, एकल महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अशक्त समुदायका लागि सेवा–सुविधा विस्तार गर्ने योजना उल्लेख गरिएको छ । गुणस्तरीय तथा प्राविधिक शिक्षाको विकासमार्फत युवाको विदेश पलायन रोक्ने, रोजगारी सिर्जना गर्ने र स्वरोजगार प्रवद्र्धन गर्ने लक्ष्य पनि राखिएको छ ।
त्यसैगरी कृषक, श्रमिक, जनजाति, शहरी मजदुर लगायत पछाडि परेका वर्गको अधिकार संरक्षण, सामाजिक सुरक्षा कार्यक्रम विस्तार तथा योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
आचार्यले कास्की क्षेत्र नम्बर २ को समग्र विकास, स्थानीय मुद्दाको संसदमा सशक्त आवाज उठाउने तथा नयाँ पुस्ताको नेतृत्व स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै ‘सबैको साथ, सबैको विकास’ अवधारणाअनुसार अगाडि बढ्ने बताए ।
एमालेले आचार्यको उम्मेदवारीलाई सुशासन, स्थिरता र समृद्धिको अभियानसँग जोड्दै कास्कीको दीगो विकासका लागि निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरेको निर्वाचन परिचालन समितिका सहसंयोजक झपट रानाभाटले जानकारी दिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20900, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ५, मंगलवार १५:२५एमाले कास्की–२ को प्रतिबद्धता पत्र सार्वजनिक,सुशासन र भ्रष्टाचार नियन्त्रणमार्फत कास्कीको समृद्धि मुख्य एजेन्डा
समाचार२०८२ फाल्गुन ४, सोमबार २२:२०आहा रारा पाेखरा गाेल्ड कप : मनाङको संघर्षपूर्ण जित
समाचार२०८२ फाल्गुन ४, सोमबार १६:५३कास्कीमा मापसे गरी स्कुल बस चलाउने ५ चालक पक्राउ
समाचार२०८२ फाल्गुन ४, सोमबार ०५:४७फोटो पत्रकार अक्षयकोषमा फोटो पत्रकार मिलन तमुको २० हजार सहयोग






