कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र

धादिङबेशी । नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार भूमि त्रिपाठीले कृषि, रोजगार र पर्यटन विकासलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै घरदैलो अभियानलाई तीव्रता दिनुभएको छ।
घरदैलो अभियानका क्रममा गल्छी गाउँपालिका–५ का सिरुवानी, रैले, सागिने, पाल्चोक, दागार्चा, बायुगाउँ, टुक्टिङ र झाँक्रीटोल लगायतका बस्तीमा पुगेर उहाँले कृषिको व्यवसायीकरणमार्फत धादिङलाई ‘कृषि हब’का रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो।
उहाँले किसानका उत्पादनलाई सहज रूपमा बजारसम्म पुर्याउने व्यवस्था, कृषि पूर्वाधार विस्तार तथा बजारीकरणमा एमालेले विगतदेखि काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा थप योजनाबद्ध कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्रिपाठीले पाल्चोक, सिरुवानी र रैलेसम्म सडक स्तरोन्नति गरी पक्की बनाउने, पर्यटकीय क्षेत्रको विकासमा टेवा पुर्याउने तथा युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने विशेष योजना अघि सार्नुभयो।
घरदैलोका क्रममा मतदाताबाट प्राप्त सुझाव, आवश्यकता र गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गरिने उहाँको भनाइ छ। “गाउँ–गाउँमा एमालेप्रति देखिएको विश्वासले हामीलाई अझ जिम्मेवार बनाएको छ,” त्रिपाठीले भन्नुभयो, “नागरिकका समस्या समाधान गर्न सक्षम शक्ति एमाले नै हो।”
एमालेले कृषि, रोजगार र पर्यटनलाई विकासको मूल मन्त्रका रूपमा अघि सार्दै निर्वाचन अभियानलाई थप प्रभावकारी बनाउँदै लगेको जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ५, शुक्रबार १४:३८भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार ०८:३२हिमाल घर्ती मगरको ‘ए साइली’ सार्वजनिक








