जन्मठाउँ भरतपोखरीबाट एमाले उम्मेदवार रश्मि आचार्यको सम्पत्ति विवरण सार्वजनिक (भिडियोसहित)

पोखरा ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले आफ्नो जन्मथलो पोखरा–३३ भरतपोखरीबाटै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
बिहीबार भरतपोखरीमा मतदाता भेटघाटका क्रममा लामगादीमा आयोजित युवा भेलामा उनले सम्पत्ति विवरण सार्वजनिक गर्दै आफू सधैं पारदर्शिता, सुशासन र जवाफदेहिताको पक्षमा उभिएको बताए ।

सार्वजनिक गरिएको विवरणअनुसार उम्मेदवार आचार्यको आफ्नै नाममा हाल कुनै सम्पत्ति रहेको छैन । पुख्र्यौली जग्गा जमिन उनको वुवाको नाममा रहेको छ । आफुले लेखेको लेखबाट प्राप्त रकम र श्रीमतीको जागिर नै आफ्नो कमाई भएको आचार्यले स्पष्ट पारे ।
‘इमानदारी र नैतिकतालाई उच्च आदर्श मानेर अघि बढेको छु । अहिलेसम्म कसैसँग बेइमानी गरेको छैन, भोलि पनि गर्ने छैन,” आचार्यले भने, ‘आज मसँग जे–जति छ, तपाईँहरूलाई जानकारी गराएको छु, भोलि पनि नियमित रूपमा जानकारी गराउनेछु ।’

उनले पदमा पुगेपछि मात्र होइन, उम्मेदवारीकै चरणमा सम्पत्ति विवरण सार्वजनिक गर्नु जनताप्रतिको उत्तरदायित्व भएको उल्लेख गरे । विजयी भएपछि मात्र सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा रहे पनि आफूले आम मतदातालाई सुसूचित गर्ने उद्देश्यले अग्रीम रूपमा विवरण सार्वजनिक गरेको स्पष्ट पारे ।
समृद्धि र विकासलाई ‘अर्जुन दृष्टि’ बनाउँदै निःस्वार्थ सेवाभावका साथ उम्मेदवारी दिएको बताउने आचार्यले आफ्नै जन्मभूमिका बासिन्दालाई साक्षी राखेर सम्पत्ति विवरण सार्वजनिक गर्नु राजनीतिक इमानदारीताको उदाहरण भएको स्थानीयवासीको धारणा छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20973, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १४, बिहीबार १४:२५जन्मठाउँ भरतपोखरीबाट एमाले उम्मेदवार रश्मि आचार्यको सम्पत्ति विवरण सार्वजनिक (भिडियोसहित)
समाचार२०८२ फाल्गुन १३, बुधबार २३:०३निर्वाचनका घाेषणापत्र : ‘विकास स्पष्ट, संरक्षण अझै सामान्य’
समाचार२०८२ फाल्गुन १२, मंगलवार २०:४३‘पोखराको व्यवस्थित विकास टड्कारो आवश्यकता’–कास्की २ का एमाले उम्मेदवार रश्मि आचार्य
समाचार२०८२ फाल्गुन ११, सोमबार १५:३४तनहुँ–१ मा विद्या ढकाल : हेभिवेट उम्मेदवारलाई कडा चुनौती






