धादिङमा मदिरा बिक्री–वितरण र सेवनमा अस्थायी प्रतिबन्ध

धादिङबेशी । जिल्ला प्रशासन कार्यालय धादिङ ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्न जिल्लाभर मदिरा बिक्री–वितरण तथा सेवनमा अस्थायी प्रतिबन्ध लगाएको छ।
कार्यालयद्वारा जारी अत्यन्त जरुरी सूचनाअनुसार निर्वाचन आयोगको निर्देशन र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै मिति २०८२ मंसिर १४ गते राति १२ः०० बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मदिराजन्य पदार्थको बिक्री, ओसारपसार तथा सेवनमा पूर्ण रोक लगाइएको हो।
सूचनामा सम्बन्धित सबै व्यवसायी, वितरक तथा आम सर्वसाधारणलाई उक्त निर्णयको पालना गर्न आग्रह गरिएको छ। आदेश उल्लङ्घन गरी मदिरा बिक्री–वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
यसैबीच, निर्वाचन अवधिभर सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, व्यवसायी तथा आम नागरिकसँग सहयोगको अपेक्षा गरिएको प्रशासनले जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १५, शुक्रबार २१:३८धादिङमा मदिरा बिक्री–वितरण र सेवनमा अस्थायी प्रतिबन्ध
समाचार२०८२ फाल्गुन १५, शुक्रबार १९:४९सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
समाचार२०८२ फाल्गुन १५, शुक्रबार १६:३९निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकार गंभिर बन्नु पर्छ- पूर्व प्रधानमन्त्री ओली
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १५, शुक्रबार १०:५५चलचित्र विकास बोर्डद्वारा ‘स्पट सिंक साउन्ड’ तालिम सम्पन्न, २२ जना लाभान्वित







