चलचित्र ‘परान’ को सफलतापछि कलाकार महेश त्रिपाठीलाई जन्म गाउँ कास्कीकोटमा सम्मान

पोखरा ।
कलाकार महेश त्रिपाठीलाई उनको जन्म गाउँ कास्कीकोटमा भव्य सम्मान गरीएको छ । त्रिपाठीको पछिल्लो प्रर्दशन भएको चलचत्रि परानले बक्स अफिसमा ठुलो सफलता प्राप्त गरेको थियो । परानले देश विदेशमा सामाजीक परिवेशको वारेमा धेरैको मनसम्म छोएको चलचित्र हो । परानमा महेश त्रिपाठी र निर शाहाका संवादहरुमा निकै दर्शकहरु रोएका थिए ।
झिङगे दाउ २ चलचित्र छायाँकंन सकेर गाउँ फर्कीएका महेशलाई स्थानीयले सम्मान गरेका हुन । पोखरा २४ कास्कीकोटलाई देश तथा विदेशमा चिनाउन सफल भएको भन्दै स्थानीय मितेरी आमासमुहको आयोजनामा गाउँमा सम्मान गरेका हुन् ।
लामो समय देखी कलाकारितामा लागेका महेशलाई हल्कारा फिल्मबाट उत्कृष्ठ अभिनेताको अन्तराष्टीय अवार्ड समेत प्राप्त गरेका थिए भने केही समय अगाडी वेलायतमा आयोजना भएको फिल्म अवार्ड कार्यक्रम चलचित्र लाज शरणम्बाट जुरी अवार्ड पाएका थिए ।
महेश अभिनीत चलिचत्र ३६ को आकडा , क का की की , झिङगे दाउ २ प्रर्दशनको तयारीमा रहेका छन् भने अहिले उनी सिरजरा चलचित्रको सुटिङमा लागेका छन् ।
सम्मान कार्यक्रममा स्थानीय आमा समुह, युवा क्लवरुको उपस्थीती रहेको थियो । सम्मानले गाउँ प्रतिको माया अझै प्रगाड र धेरै समय पछि गाउँमा सबैसगँ भलाकुसारी गर्न पाउदा खुसी लागेको त्रिपाठीले बताए ।
मितेरी आमा समुहकी अध्क्षय जेनीशा परियारले अभिनयको माध्यमबाट समाज र राष्टको लागी त्रिपाठीले पुयाएको योग्दानको प्रशंसा गर्दै अझ कास्कीकोटको। नाम विश्व सम्म चिनाउदा आफुहरुलाई पनि ठुलो खुसी मिलेको भन्दै आगामी दिनहरुमा पनि अझै प्रगीत हुदै गएको देख्न आफुहरुले चाहेको बताइन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21039, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो
समाचार२०८३ बैशाख ३०, बुधबार ००:१८पोखरा महानगरले कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिन राेक्याे









