लामाचौरको अकलादेवी–लक्ष्मीनारायण मन्दिरमा नयाँ समिति चयन

पोखरा । पोखरा महानगरपालिका–१९, लामाचौरस्थित अकलादेवी तथा लक्ष्मीनारायण मन्दिरको २८औँ साधारण सभा तथा १४औँ अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले पार्वती काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
नवगठित समितिको उपाध्यक्षमा हिमा केसी, सचिवमा हुमा कँडेल र कोषाध्यक्षमा पिताम्बर काफ्ले निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा रिता काफ्ले, रविलाल सुनार, दिपा केसी, लोकराज आचार्य, जीत गिरी, रुपा केसी तथा तिलकुमारी कार्की चयन हुनुभएको छ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा चिसाखोला वेद विद्याश्रमका संरक्षक मोक्षनाथ तिमिल्सिनाले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै मन्दिरका धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिहरूलाई थप सुदृढ र प्रभावकारी बनाउँदै अघि बढ्न सफल कार्यकालको कामना गर्नुभयो।

कार्यक्रममा समितिका सल्लाहकार तथा नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्यको उपस्थिति रहेको थियो। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हिमा केसीले गर्नुभएको थियो।
नवगठित समितिले भगवानको कृपा र आशीर्वादले धर्म, संस्कार र सेवाको मार्गमा अघि बढ्दै मन्दिरका गतिविधिहरूलाई अझ व्यवस्थित, प्रभावकारी र उज्ज्वल बनाउन सफल हुने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा उपस्थित भक्तजनहरूले नवगठित समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना दिएका थिए।
मन्दिरका मूल पण्डित लक्ष्मण पौडेलका अनुसार नयाँ समितिले मन्दिरको धार्मिक तथा सामाजिक गतिविधिलाई अझ सक्रिय रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ११, सोमबार २३:१०पलेशाले दिलाइन् नेपाललाई कास्य
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार २०:४९‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ मा गरिमा र संदीप
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार २०:०७कान्समा ऐतिहासिक सफलता हासिल गरी स्वदेश फर्कियो ‘एलिफेन्ट्स इन द फग’ टोली, विमानस्थलमा भव्य स्वागत
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ११, सोमबार १४:०६विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम









