झापाबाट सुरु भयो ‘पाँच पाण्डव’ को छायांकन

काठमाडौं। काली रानी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘पाँच पाण्डव’ को छायांकन सुरु गरिएको छ। सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टामा शुभमुहूर्त गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको हो।
क्यामेरा पूजा गरेर छायांकन थालिएको फिल्मको पहिलो दिनको तालिकामा मुख्य कलाकारहरूको उपस्थिति रहेको थियो। फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी तथा सागर लम्साल (बले) मुख्य भूमिकामा देखिनेछन्।
फिल्मको शीर्षक ‘पाँच पाण्डव’ भए पनि यो धार्मिक वा पौराणिक कथामा आधारित नभएको प्रस्तुतकर्ता नवीन श्रेष्ठले बताएका छन्। उनका अनुसार फिल्म सामाजिक कथामा आधारित सोसल ड्रामा हो।
निर्माण टिमका अनुसार फिल्ममा महाभारतका पाँच पाण्डवको विम्ब प्रयोग गर्दै समकालीन समाजको कथा प्रस्तुत गरिनेछ। फिल्ममा दीपाश्री निरौला र जनी गुरुङको पनि अभिनय रहनेछ।
फिल्मको निर्देशन वसन्त निरौलाले गर्दैछन्। सफल पटकथा लेखकका रूपमा चिनिएका सुशील पौडेलले फिल्मको कथा, पटकथा तथा संवाद लेखेका हुन्। उनी यसअघि ‘प्रसाद’ फिल्मका लेखक हुन्, जसका कारण ‘पाँच पाण्डव’ को कथावस्तु बलियो हुने अपेक्षा गरिएको छ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता काली रानी श्रेष्ठ हुन्। फिल्मको छायांकन श्याम तामाङले गर्नेछन्। करिब ४० दिनको छायांकन तालिका तय गरिएको छ भने अधिकांश दृश्य झापामै खिचिने निर्माण टिमले जनाएको छ।
फिल्म ‘पाँच पाण्डव’ मा दर्शकले डल्बी एट्मस ध्वनि प्रणालीको अनुभव गर्न पाउनेछन्। म्युजिक नेपालले हालै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा फिल्मको ध्वनि कार्य गरिनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १३, मंगलवार १२:५६कांग्रेस महाधिवेशन प्रतिनिधिमा दनै र बराइली निर्विरोध
समाचार२०८३ आश्विन १३, मंगलवार १२:२१ क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न सांसदको सुझाव
समाचार२०८३ आश्विन १२, सोमबार २१:२१नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा खुलातर्फ सन्तोष बस्ताकोटीको उम्मेदवारी दर्ता
समाचार२०८३ आश्विन १२, सोमबार २०:२३बाढी-पहिरोका कारण ६२० मेगावाट बिजुली प्रणाली बाहिर









