संहिता जर्नलका लेखकहरूसँग छलफल


काठमाडौँ ।
प्रेस काउन्सिल नेपालको नियमित प्रकाशन संहिता त्रैमासिक जर्नलका लेखकहरुसँग आइतबार छलफल गरिएको छ । जर्नलमा समावेश हुनुपर्ने विषयवस्तु, नेपाली पत्रकारिताको अवस्था, समाधानमा लेखक/पत्रकारको भूमिका र काउन्सिलको प्रकाशनलाई प्रभावकारी बनाउने सम्बन्धमा लेखकहरूले धारणा र सुझाव व्यक्त गरेका थिए । संहिता २०८२ पुस अङ्कका संयोजक रहनुभएका काउन्सिल सदस्य निमा काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले संहिता जर्नलका माध्यमबाट नेपालको पत्रकारिताको विश्वसनीयता बढाउने गरी भूमिका खेल्न सकिने औँल्याउनुभयो । उहाँले समस्यामात्र पहिल्याउने भन्दा पनि समाधानका विषयसमेत समेटिनेगरी उल्लेख गर्न अनुरोध गर्नुभयो ।संहिता जर्नलका माध्यमबाट पत्रकार आचारसंहिताको प्रभावकारिता थप बढाउन सकिने उहाँको भनाइ थियो ।
काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गर्नुभएको कार्यक्रममा काउन्सिलका सदस्य शन्तराम बिडारीले कतिपय विषयमा लेख लेख्दा लेखकहरूमाथि आक्षेप लाग्ने तथा व्यक्तिगत रूपमा आलोचना सहनुपरेको स्मरण गर्नुभयो ।
संहिता पुस अङ्कका प्रबन्ध सम्पादक रहनुभएका काउन्सिल सदस्य नकुल अर्यालले संहिताको गरिमा कायम रहने गरी लेखकहरूबाट अनुसन्धानमूलक लेखहरूको सङ्ग्रहित गर्न काउन्सिल प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पत्रकारिताका विविध आयामको इतिहास, वर्तमान भविष्य समेतका अध्ययनको दस्तावेज संहिता जर्नल रहेको उल्लेख गर्नुभयो ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालले कतिपय श्रमजीवी पत्रकार र प्रेस स्वतन्त्रताका विषयमा कार्य गर्दा काउन्सिलमाथि नै नकारात्मक प्रहार हुनेगरेको बताउनुभयो ।
कार्यक्रममा लेखकहरू यम विरही, बिमला तुम्खेवा, सीता न्यौपाने (सारा), राधेश्याम तिमल्सिना (पुकार), लक्की चौधरी, रुद्र खड्का, लक्ष्मीधर गुरागाईं, शर्मिला पण्डित, सुनिल पौडलले संहिता जर्नललाई समयसापेक्ष बनाउन सुझाव दिनुभएको थियो।आफ्ना अनुभवहरू राख्दै लेखकहरूले पत्रकारिता पेसालाई सम्मानित र मर्यादित बनाउन संहिताका माध्यमबाट भूमिका खेल्न सकिनेबारे धारणा व्यक्त गर्नुभयो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2026/03/15/11634/, www.presscouncilnepal.gov.np
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २, सोमबार ०८:३०हेमजामा चैत २७ देखि १४औँ राष्ट्रिय आलु महोत्सव
समाचार२०८२ चैत्र १, आईतवार १६:५९संहिता जर्नलका लेखकहरूसँग छलफल
समाचार२०८२ फाल्गुन ३०, शनिबार २०:२१¥यान्डम रिडर्समा ‘यलोफेस’ माथि परिचर्चा
समाचार२०८२ फाल्गुन ३०, शनिबार २०:०७खेलकुद पत्रकारिता तालिम सम्पन्न






