‘अङ्क एवं वास्तु ऊर्जा जागरण’ ४ दिने निःशुल्क वेबिनार आयोजना हुँदै

काठमाडौं। आधुनिक प्रविधिको माध्यमबाट वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यसहित डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको संयुक्त आयोजनामा ‘अङ्क एवं वास्तु ऊर्जा जागरण’ शीर्षकको ४ दिने विशेष निःशुल्क वेबिनार सञ्चालन हुने भएको छ। कार्यक्रम चैत ७ देखि १० गतेसम्म आयोजना गरिनेछ।
उक्त वेबिनारका मुख्य प्रशिक्षक चर्चित एनर्जी आर्किटेक्ट, वास्तुविद् तथा ज्योतिषाचार्य ध्रुवराज कौण्डिन्य पराजुली रहनेछन्। कार्यक्रममा मानव जीवन तथा बसोबास गर्ने स्थानको ऊर्जा सन्तुलनबारे वैज्ञानिक तथा आध्यात्मिक दृष्टिकोणबाट गहन प्रशिक्षण प्रदान गरिने जनाइएको छ। विगत ७ वर्षदेखि हिमालयन वैदिक सनातन धर्म, ऋषि परम्परा र तन्त्रमा अनुसन्धानरत पराजुलीले यस अवसरमा ‘ध्रुव कन्ससनेस फ्रेमवर्क’ (Dhruv Consciousness Framework) का प्रमुख अवधारणाहरू प्रस्तुत गर्नेछन्।
कार्यक्रमको रूपरेखा यसप्रकार रहेको छ :
पहिलो दिन (चैत ७) : अङ्कहरूको रहस्यमय शक्ति तथा भाग्य निर्माणमा अङ्क ऊर्जा (Numerology) को प्रभाव।
दोस्रो दिन (चैत ८) : घरको वास्तु ऊर्जा, पञ्चतत्वको सन्तुलन तथा त्यसलाई मिलाउने व्यावहारिक विधिहरू।
तेस्रो दिन (चैत ९) : ज्योतिष शास्त्रका वैज्ञानिक आधार, जीवनका तीन प्रमुख ऋण र तिनका सरल आध्यात्मिक उपाय।
चौथो दिन (चैत १०) : वास्तुका ४५ देवतासम्बन्धी सूक्ष्म ऊर्जा (Subtle Energy) विश्लेषण, जागरण तथा ऊर्जा आर्किटेक्चरको महत्त्व।
नेपाल–भारत विश्व मैत्री संघ (NIWFA) को विशेष सहयोगमा आयोजना हुन लागेको यो वेबिनार प्रत्येक दिन बेलुका ८ बजे Zoom मार्फत प्रत्यक्ष प्रसारण हुनेछ।
आयोजकका अनुसार आध्यात्मिक शान्ति तथा वैज्ञानिक दृष्टिकोणबाट आफ्नो जीवनको ऊर्जा रूपान्तरण गर्न इच्छुक जो कोहीले पनि कार्यक्रममा निःशुल्क सहभागिता जनाउन सक्नेछन्।
सहभागी हुने तरिका :
इच्छुक सहभागीहरूले आफ्नो सिट सुरक्षित गर्न +९७७ ९८२३०४४३७९ मा सम्पर्क गर्न वा WhatsApp समूहमार्फत जोडिन सक्नेछन्।
‘विज्ञान आधारित वैदिक रूपान्तरण’ भन्ने मूल नारासहित सञ्चालन हुन लागेको यस अभियानले विशेषगरी युवा पुस्तालाई आफ्नो मौलिक संस्कार र वैज्ञानिक आधारबारे सचेत गराउने लक्ष्य राखेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २२, मंगलवार ११:३३पर्दाको कथा, राजनीतिमा वास्तविकता | Celebrity Nepal
समाचार२०८३ बैशाख २२, मंगलवार ११:०८ट्रेड युनियन खारेजीले अधिकार खोस्दैन, पेसागत स्वतन्त्रता बलियो बनाउँछः प्रधानमन्त्री शाह
खेलकुद२०८३ बैशाख २२, मंगलवार १०:०८स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पक्राउ
समाचार२०८३ बैशाख २१, सोमबार २०:५९धादिङमा नागरिकलाई सहज सूचना प्रवाहबारे छलफल








