खोटाङमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना, मानवीय क्षति नभएको पुष्टि

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसी क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको छ। काठमाडौंबाट ६ जना यात्रु बोकेर गएको उक्त हेलिकोप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।
प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन। प्रारम्भिक जानकारीअनुसार हेलिकोप्टर शव बोकेर गएको भनिए पनि पछि त्यस्तो नरहेको वडाध्यक्ष मिलन कुमार राईले स्पष्ट पारे।
गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा अवतरण गर्ने प्रयासका क्रममा हेलिकोप्टरलाई पुनः उठाएर बारीको बीचतिर लैजान खोज्दा नियन्त्रण गुमेर दुर्घटना भएको हो।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21061, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १९, शुक्रबार १९:५५“उद्यमको अनुभव, नेतृत्वको संकल्प “: उपमहासचिव पदका उम्मेदवार यादव प्रसाद पोखरेल
समाचार२०८३ भाद्र १९, शुक्रबार ०१:०३शुक्रबारदेखि लगातार ५ दिन बिदा, कुन दिन केको बिदा?
समाचार२०८३ भाद्र १८, बिहीबार १२:२६भोटेकोशी बाढीमा १ हजार २५२ जनाको शव फेला
समाचार२०८३ भाद्र १८, बिहीबार १२:२५‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता’ हुने







