निर्वाचनपछिकाे निकाश : सत्ताको परीक्षा !

निर्वाचनपछिकाे निकाश : सत्ताको परीक्षा !

पोखरा । देशको वर्तमान अवस्था अत्यन्त जटिल छ। देश अत्यन्त खराब मोडमा पुगेको छ। देशमा आम जनताले केही गर्न सक्ने अवस्था नै देखिँदैन। विकास निर्माण ठप्प छ। हरेक क्षेत्रमा अस्तव्यस्त छ । राजनीतिक दलका नेतृत्वप्रति आम जनताको विश्वास टुटेको अवस्थाले गर्दा अबको दिनमा देशले हरेक क्षेत्रमा परिवर्तन खोजेको छ ।

देशको वर्तमान अवस्था अत्यन्त जटिल छ। देश अत्यन्त खराब मोडमा पुगेको छ। देशमा आम जनताले केही गर्न सक्ने अवस्था नै देखिँदैन। विकास निर्माण ठप्प छ। हरेक क्षेत्रमा अस्तव्यस्त छ । राजनीतिक दलका नेतृत्वप्रति आम जनताको विश्वास टुटेको अवस्थाले गर्दा अबको दिनमा देशले हरेक क्षेत्रमा परिवर्तन खोजेको छ ।

समग्रमा भन्दा गणतान्त्रिक व्यवस्थाले मुलुकको राष्ट्रिय सार्वभौमसत्ता कमजोर बनाएको जस्तो लागेको छ । धर्म, संस्कृति, परम्परामा हस्तक्षेप बढ्दै गएको छ । यतिखेर सामाजिक एकता कमजोर हुँदै गएको छ । जातीयता, क्षेत्रीयता, धार्मिकतामा द्वन्द्व बढ्दै गएको आभास भएको छ । नेपाल र नेपालीको पहिचानमा संकट पैदा हुँदै गएको छ । जनता नेतृत्वप्रति आक्रोशित बन्दै गएका छन् । त्यसैले आर्थिक, सामाजिक, सांस्कृतिक समस्या समाधान गरी मुलुकलाई स्पष्ट दिशानिर्देश गर्न जनताले नयाँ शिराको आवश्यकता महसुस गर्दै गएका छन् । यही चाहनाको परिपूर्तिका लागि जनता सडकमा उत्रन थालेका छन् । यस कारणले नयाँ किसिमले अगाडि बढ्नका लागि नेपाली समाज अग्रसर भइरहेको देखिन्छ ।

भ्रष्टाचार माथिदेखि तलसम्म व्यापकरुपमा फैलिरहेको अवस्था छ । सबै कुरा सरकारको नेतृत्व गर्ने मान्छेहरुबाटै संरक्षित भएको देखिन्छ । भ्रष्टाचारका अनेक काण्ड आएका छन् । तर राजनीतिक संरक्षणमा ती भ्रष्टाचारीलाई प्रश्रय दिइरहेको पाएका छौं । सरकारमा रहने नै भ्रष्टाचारमा लिप्त भएपछि त्यसको मातहतमा भएका सबै निकायहरु स्वतः भ्रष्टाचारीलाई संरक्षण गरी फाइल मिलाउने र आफू अनि सम्बन्धित व्यक्तिहरु उम्काउने सेटिङको रुपमा काम भएको देखिन्छ । आम जनताले यस्ता कुरा पत्तै नपाउने गरी भ्रष्टाचारीहरु संरक्षित भएको अवस्था छ।

हरेक राष्ट्र विश्व कूटनीति र महाशक्तिका स्वार्थका कारणले आत्मनिर्णयको अधिकार गुमाइरहेका छन्। राष्ट्रिय चरित्र हराउन थालेको छ। आर्थिक र सामरिक हितमा ठूला राष्ट्रले निर्वल, निर्धन र निरीह राष्ट्रलाई नचाइरहनु नियमित आकस्मिकता बनेको छ। तसर्थ हाम्रो अबको बाटोमा हामी भ्रान्त पथिक बन्दा राष्ट्र झन् ठूलो संकटमा पर्नेछ। सोभियत संघ टुक्राटुक्रामा विभक्त हुँदा पन्ध्र राष्ट्र जन्मिन सक्छन् भनेर कसैले कल्पना गरेकै थिएनन्। वासिङ्टनसँग सिङ जुधाउने प्रवल शक्तिको केन्द्र थियोे, मस्को। पूर्वी युरोपका हंगेरी, रोमेनिया, पोल्यान्ड, चेकोस्लोभाकिया, अल्बानिया, पूर्वी जर्मनीजस्ता कम्युनिस्ट राष्ट्रमा साम्यवादको सूर्यास्त हुन्छ, भन्नेलाई बौलाहा भनिन्थ्यो। अहिले अमेरिकले एक छत्रछायाँमा राज्य सञ्चालन गर्ने प्रयत्न गरिरहेकाे देखिन्छ ।

हरेक राष्ट्र विश्व कूटनीति र महाशक्तिका स्वार्थका कारणले आत्मनिर्णयको अधिकार गुमाइरहेका छन्। राष्ट्रिय चरित्र हराउन थालेको छ। आर्थिक र सामरिक हितमा ठूला राष्ट्रले निर्वल, निर्धन र निरीह राष्ट्रलाई नचाइरहनु नियमित आकस्मिकता बनेको छ। तसर्थ हाम्रो अबको बाटोमा हामी भ्रान्त पथिक बन्दा राष्ट्र झन् ठूलो संकटमा पर्नेछ। त्यसैले संविधानको उचित प्रयोग, समयसापेक्ष संशोधन गर्ने माहौल बनाउन र त्यो जिम्मेवारी पूरा गर्न सक्षम, दूरदर्शी र जनताप्रति घात नगर्ने जनप्रतिनिधि छान्ने तयारीका लागि पनि अहिलेको संसद बाधक हुने कुरा नकार्न सकिन्न । किनकि यिनै भ्रष्ट र बेइमान नेताहरूलाई वर्तमान संसदमा प्रवेश गराइयो भने अस्ति जलेको संसद भवनको खरानीमा टेकेर भए पनि आफ्नो भ्रष्ट कर्तुत छोप्न र जेन–जी पुस्ताको आन्दोलनको मर्म कुल्चिन यी अहिलेका सबै पार्टीहरूका असान्दर्भिक भइसकेका नेताहरूलाई असजिलो लाग्दैन भन्ने कुरा यिनीहरूका विगतले पुष्टि गरिसकेको छ ।

संविधान संशोधनलाई दोस्रो प्राथमिकता राखी अघिल्लो साता भएको प्रतिनिधि सभा निर्वाचनले ताजा जनादेश प्राप्त भएको छ ।अब यसको मूल प्राथमिकता छानबिन, जुन थपिएको काम छ, त्यसलाई जोड्दै भ्रष्टाचारको फाइल खोल्नु, दैनिक सुशासन सुध्रिँदै गर्छ भन्ने लाग्छ, यदि यसाे गरमा जेनजी आन्दोलनको मर्मलाई आत्मसात् गर्ने छ र यो कार्य निर्वाध रूपमा गर्नका लागि भ्रष्टहरूको अड्डा बनाइएको अहिलेको संसद प्रतिपक्ष विहिन जस्तैः छ । जसले गर्दा निर्वाचित संसदको ठूलो दलले देशको अनुकूल कानुन निर्माण गर्न सक्दछ ।

देशको व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, सिंहदरबार जलाइएको छ । यो राज्यको ठुलो क्षति हो । यसमा संलग्न जो कोही भए पनि दोषी पत्ता लगाएर कडाभन्दा कडा कारबाही गरियोस् । यसका लागि छुट्टै कानुन बनाइरहन पर्दैन अहिलेकै कानुनले दिन्छ । यो सरकारले यो २ काम अबिलम्ब गर्नुपर्यो । यो २ वटा काम गरेपछि सरकारले अरू काम थालनी गर्नुपर्छ ।

लेखकको बारेमा

केशव गाैतम
केशव गाैतमपोखरामा रहेर धार्मिक, सांस्कृतिक, साहित्यिक लगायत विभिन्न समसामायिक विषयवस्तुमा लेखहरु लेख्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   2   =  

Protected by Spam Master