समस्या समाधान नगरे आन्दोलनमा उत्रिने मिटर ब्याज पीडितको चेतावनी

सिरहा- मिटरब्याज विरुद्धको संघर्ष समितिले पीडितहरुको माग सही ढङ्गले सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । सिरहाको गोलबजारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिले सिरहा प्रशासनलाई मिटरब्याज पीडितहरुको समस्या सात दिनभित्र देखिनेगरी समाधान गर्न आग्रह गरेको छ ।
समितिका संयोजक मनोज पासमानद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले गरेको सहमति कार्यान्वयन नभएको जनाइएको छ । ‘हामीसँग जुन हिसाबले सहमति भएको थियो, त्यसप्रति राज्य इमानदार रहेन भन्ने निष्कर्षमा अन्ततः हामी पुगेका छौँ,’ विज्ञप्तिमा भनिएको छ,।’
पछिल्ला दिनमा पीडितहरुलाई अल्मल्याउने काम मात्रै भएको र एउटै मुद्दामा १०औँ पटक छलफल गर्दा पनि निर्णय हुन नसकेको संघर्ष समितिको आरोप छ ।
सिरहामा जम्मा ३ हजार ७८८ भन्दा बढी मिटरब्याज पीडितको मुद्दा दर्ता भएको छ । अहिले सम्ममा पुरानो र नयाँ गरी २ सय ७३ मुद्दामा मात्र सहमति भएको आन्तरिक प्रशासन शाखाका कर्मचारी शिव दयाल यादवले जनाएका छन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २०, शुक्रबार १७:२२योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली यही साउनदेखि लागु हुने
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २०, शुक्रबार १५:०६एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ असार २०, शुक्रबार १३:१८‘माग्ने राजा’ टिजरको प्रतिक्रियाले उत्साहित केदार घिमिरे
खेलकुद२०८२ असार २०, शुक्रबार ०९:३९बाह्र वर्ष लगाएर खेलमैदान निर्माण « रिपोर्टर्स नेपाल