पोखरा भ्रमण वर्ष लक्षित चालक अभिमुखीकरण: पर्यटनमैत्री सेवामा जोड

पोखरा । पोखरा भ्रमण वर्षलाई लक्षित गर्दै ट्याक्सी तथा बस चालकहरूका लागि एक दिने अभिमुखीकरण तालिम मंगलबार सम्पन्न भएकाे छ । पोख्रेली ट्याक्सी सेवा प्रा.लि.को आयोजनामा सम्पन्न कार्यक्रममा पर्यटनमैत्री सेवा प्रवाह, सुरक्षित यात्रा र सामाजिक जिम्मेवारीबारे प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पाेखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले पोखरामा आउने पर्यटकको पहिलो भेट चालकहरूसँग हुने भएकाले उनीहरूको व्यवहार, अनुशासन र सेवा नै सिंगो शहरको छवि निर्धारण गर्ने बताए । उनले सभ्य, सुरक्षित र जानकारीमूलक सेवा प्रवाह गर्न चालकहरूलाई आग्रह गर्दै पर्यटन प्रवर्द्धनमा चालकहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे ।
कार्यक्रममा पोख्रेली ट्याक्सी सेवा प्रा.लि.का अध्यक्ष शोभाकान्त पौडेलले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै चालकहरूलाई दक्ष, जिम्मेवार र पर्यटकमैत्री बनाउने लक्ष्यसहित तालिम आयोजना गरिएको बताए।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणि लामिछाने, पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनोहर कडरिया, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष ऐनकुमार शाही तथा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बरालले पर्यटन सेवामा सुधार र समन्वयको आवश्यकता औंल्याएका थिए ।
प्रशिक्षणमा पर्यटन प्रशिक्षक दिपेन्द्र पहारीले पर्यटन क्षेत्रमा ट्याक्सी र बस चालकहरूको भूमिका तथा व्यवहारबारे प्रशिक्षण दिएका थिए भने शक्ति समूह गण्डकी प्रदेश प्रमुख सरिता पौडेलले मानव बेचबिखन तथा लागूऔषध नियन्त्रणसम्बन्धी सचेतना प्रदान गरेकी थिइन्। त्यस्तै ट्राफिक प्रहरीका सई सन्तोष ज्ञवालीले ट्राफिक नियम र सुरक्षित यात्राबारे जानकारी गराएका थिए।
कार्यक्रम संस्थाका महासचिव युवराज भट्टराईले सञ्चालन गरेका थिए । यस्ता तालिमले चालकहरूको क्षमता अभिवृद्धि गर्नुका साथै पोखरालाई सुरक्षित र व्यवस्थित पर्यटन गन्तव्यका रूपमा विकास गर्न टेवा पुग्ने अपेक्षा गरिएको आयाेजकले जनाएकाे छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21184, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २९, सोमबार २१:५५कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पत्रकार हितानमगर र गुरुङ सम्मानित
समाचार२०८३ असार २९, सोमबार २१:४४विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट
समाचार२०८३ असार २९, सोमबार १९:५०काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी मार्गनिर्देशिका बनाएर अघि बढ्ने
समाचार२०८३ असार २९, सोमबार १७:१९नयाँ अनलाइनका सञ्चालक/सम्पादकलाई आचारसंहिता अभिमुखीकरण







