एडभान्स एकेडेमीमा प्री-प्राइमरी ग्राजुएसन समारोह भव्य रूपमा सम्पन्न

एडभान्स एकेडेमीमा कक्षा यूकेजीका विद्यार्थीहरूको १९औँ ग्राजुएसन समारोह शुक्रबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। उक्त अवसरमा यूकेजी उत्तीर्ण गरेका ७८ जना विद्यार्थीहरूलाई सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा प्ले ग्रुपदेखि यूकेजीसम्म अध्ययनरत विद्यार्थीहरूमध्ये वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। विद्यालयका प्रिन्सिपल भीमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ गोर्खाली प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। त्यसैगरी, रोटरी क्लब अफ धादिङका पूर्व अध्यक्ष अशोक कुमार बस्नेत, सानीमा लाइफ इन्सुरेन्सका ब्रान्च म्यानेजर विष्णुकुमार श्रेष्ठ तथा समाजसेवी जनकराज ढकाल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। अभिभावकहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई अझ भव्य बनाएको थियो।
कार्यक्रमका क्रममा नर्सरीदेखि यूकेजीसम्मका नानीबाबुहरूले नृत्य, कथावाचन, वक्तृत्व कला, कविता वाचन लगायत विभिन्न सिर्जनात्मक तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए, जसले उपस्थित सबैको मन जितेको थियो। साथै उत्कृष्ट अभिभावक र उत्कृष्ट शिक्षकहरूलाई प्रमुख अतिथि, सभापति तथा अन्य अतिथिहरूद्वारा सम्मान गरिएको थियो। सो अवसरमा प्रमुख अतिथि अर्जुनकुमार श्रेष्ठले बालबालिकाको समग्र विकासका लागि यस्ता कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण हुने बताउँदै विद्यालयले शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिइरहेको उल्लेख गर्नुभयो। उहाँले अभिभावकहरूको विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि जीवनोपयोगी सीप र व्यवहारिक शिक्षामा केन्द्रित भई अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उक्त कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको विद्यालयले जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ३१, आईतवार ११:४८अष्ट्रेलियाकाे विजयी सुरुआत « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३१, आईतवार ११:१५रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण
समाचार२०८३ जेष्ठ ३१, आईतवार ०७:५०विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
खेलकुद२०८३ जेष्ठ ३०, शनिबार २१:०३वर्ल्डकपमा मेरो फेभरेट देशले खेलेकै छैन: प्रधानमन्त्री « रिपोर्टर्स नेपाल








