फेवा महोत्सवलाई संघसंस्थाको साथ

पोखरा । यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म फेवा किनारमा आयोजना हुने २१ औं फेवा नव बर्ष महोत्सव २०८३ लाई सफल पार्न विभिन्न संघसंस्थाले सघाउने प्रतिबद्धता जनाएका छन् ।
महोत्सवको आयोजक संस्था होटल संघ पोखरा नेपालले पोखरास्थित विभिन्न पर्यटन सम्बद्ध संस्थाका अध्यक्ष र पदाधिकारीसँग हालै गरेको छलफलमा उनीहरुले फेवा महोत्सव समग्र पोखरेलीको महोत्सवको रुपमा आफूहरुले बुझेको बताएका थिए ।
महोत्सवबारे जानकारी दिंदै होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पोखराको सहिदचोकदेखि खहरेचोकसम्म आयोजना हुने महोत्सवमा यसपटक पंचै बाजा प्रतियोगिता विशेष रहने अवगत गराए । यस अन्तर्गत खहरेबाट अम्बोटसम्म दुलही लिन जानेदेखि खहरेमा रत्यौली खेल्ने जस्ता रमाइला गतिविधि समावेश हुने जानकारी उनले गराए । पर्यटक दौड, दोहोरीका कार्यक्रम र सांगीतिक कन्सर्ट पनि महोत्सवमा समेटिने उनले सुनाए ।
आयोजक संघको सल्लाहकार परिषद्का संयोजक एवं होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले नेपाली कला र संस्कृतिको संरक्षण गर्दै पोखरामा पर्यटक आकर्षित गर्ने र उनीहरुको बसाई अबधि लम्ब्याउँदै मनोरञ्जन प्रदान गर्ने उद्धेश्य महोत्सवले लिएको बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका व्यवसाय प्रबद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले फेवा महोत्सव महोत्सव मात्र नभई नयाँ बर्षमा आयोजना गरिने कारण यो पर्व पनि भएको बताए । सरकारले गर्नुपर्ने महोत्सव निजी क्षेत्रबाट आयोजना गरिनु सराहनीय कदम भएको भन्दै उनले संघको प्रशंसा गरे ।
कार्यक्रमका अवसरमा महोत्सवलाई एकआपसमा हातेमालो गरी मिलेर सफल पारिनुपर्ने, महोत्सवका अवसरमा पोखराको कला, संस्कृति र सहासिक गतिविधि प्रदर्शन गर्न सकिने, महोत्सव आगन्तुक पर्यटकलाई हिंडडुलमा दुःख नहुने गरी संचालन गरिनुपर्ने, होटलको दररेट महंगो हुन नहुने, महोत्सवको डिजिटल प्रबद्र्धनमा जोड दिनुपर्ने र महोत्सवले जेन–जी युवालाई समेत आकर्षण गर्न सक्नुपर्ने विषय सुझावको रुपमा राखिएको थियो । सुरक्षा, ट्राफिक र पार्किङ व्यवस्थापनका विषयमा समेत महोत्सवमा सुझाव राखिएको थियो ।
सो अवसरमा पोखरा पर्यटन परिषद्, पोखरा उद्योग वाणिज्य संघ, टान, नाट्टा, रेवान, नेपाल हवाई खेलकूद संस्था, पोखेली ट्याक्सी सेवा प्रालि, ना, पोखरा च्याम्बर अफ कमर्स, गाउँ पर्यटन प्रबद्र्धन मञ्च, ओटेफ, टेवान, गुरुङ पर्यटन व्यवसायी संघ, फेवा डुंगा व्यवसायी संगठन, मुद्रा सटही व्यवसायी संगठन र वडा नम्बर ६ का तर्फबाट सुझाव राखिएको थियो । कार्यक्रमको संचालन संघका सचिव पार्वता पाण्डेले गरेकी थिइन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21247, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २३, सोमबार १३:५९१४औं राष्ट्रिय हेमजा आलु महोत्सव शुक्रबारदेखि
समाचार२०८२ चैत्र २२, आईतवार १७:५७भव्य तयारीमा ‘पोखरा स्पोर्टस अवार्ड’ : समावेशी र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य
समाचार२०८२ चैत्र २२, आईतवार १६:३१अब हप्तामा दुई दिन सार्वजनिक बिदा
समाचार२०८२ चैत्र २२, आईतवार १६:१८फेवा महोत्सवलाई संघसंस्थाको साथ






