धादिङका १३ वटै स्थानीय तहको संयुक्त आयोजनामा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई सम्मान तथा बधाई ज्ञापन

धादिङबेशी । धादिङका १३ वटै स्थानीय तहको संयुक्त आयोजनामा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । धादिङबेशी स्थित क्रिक रिसोर्टमा आयोजित कार्यक्रममा प्रत्यक्ष तथा समानुपातीक दुवै तर्फका सांसदहरूलाई सम्मानपत्रसहित शुभकामना तथा बज्ञाई ज्ञापन गरिएको हो ।
कार्यक्रममा बोध नारायण श्रेष्ठ, बसुमाया तामाङ, गंगादेवी श्रेष्ठ, सरस्वती लामा, डा. पुष्पराज कडेल र सिता थपलिया (उर्मिला) लाई औपचारिक रूपमा सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्थानीय तहका जनप्रतिनिधिहरूले संघीय सरकारबाट आवश्यक सहयोग र समन्वयको अपेक्षा व्यक्त गरेका छन् । स्थानीय स्तरमा विकास निर्माणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन संघीय सरकारको स्पष्ट नीति, स्रोत साधन र सहकार्य अपरिहार्य रहेको स्थानीय तहहरुको प्रमुखहरुले धारणा थियो ।
त्यसैगरी नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले विकास निर्माण तथा पूर्वाधार विकासका प्रमुख जिम्मेवारी स्थानीय सरकारकै रहेको उल्लेख गर्दै आवश्यक कानुनी जटिलता हटाउन आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको छ । सांसदहरुले स्थानीय तहले काम गर्ने क्रममा देखा पर्ने कानुनी बाधा–अवरोधहरू समाधान गर्न आवश्यक परे कानुन निर्माण तथा संशोधन गर्न प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहहरुको प्रमुख तथा प्रतिनिधी,जनप्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । स्थानीय तह तथा संघीय सांसदहरुले सहकार्य, समन्वय र साझेदारीमार्फत धादिङको समग्र विकासलाई तीव्रता दिने साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १, मंगलवार १०:३८नयाँ वर्षमा ‘कार्की साइँला’को फस्टलुक सार्वजनिक, साउन १ मा प्रदर्शन
समाचार२०८२ चैत्र ३०, सोमबार २०:१८विश्वशान्ति मैत्रीय आध्यात्मिक अनुष्ठान सम्पन्न
समाचार२०८२ चैत्र ३०, सोमबार १८:४५धादिङका १३ वटै स्थानीय तहको संयुक्त आयोजनामा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई सम्मान तथा बधाई ज्ञापन
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ३०, सोमबार १४:००चलचित्र ‘पाँच पाण्डव’मा सुशील सिटौला अनुबन्धित







