परवानीपुर गोल्डकपः शनिबारदेखि सुरु हुने

परवानीपुर गोल्डकपः शनिबारदेखि सुरु हुने

वीरगञ्ज (पर्सा), ३ वैशाख । पाँचौँ संस्करणको परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । शक्ति युवा क्लबको आयोजनामा यही वैशाख ५ गतेदेखि १२ गतेसम्म परवानीपुर खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ ।

शक्ति युवा क्लबका अध्यक्ष सुबोध श्रीवास्तवले प्रतियोगितामा छिमेकी मुलुक भारतको एक टोलीसहित नेपालका सात समूहको सहभागिता रहने जानकारी दिए ।

प्रतियोगितामा आयोजक शक्ति युवा क्लब (बारा), वीरगञ्ज युनाइटेड क्लब, वीरगञ्ज युथ क्लब, रिगल एन्फा क्लब (हेटौँडा), नव जनजागृति युवा क्लब सिमरा, चिडिया दह क्लब रौतहट, निजगढ फुटबल क्लब र यङ्ग स्टार क्लब (भारत) गरी आठ वटा समूह सहभागी हुनेछन् ।

प्रतियोगिता संयोजक सञ्जय मण्डलले प्रतियोगितामा पहिलो पुरस्कार रू दुई लाख, द्वितीय पुरस्कार एक लाख नगद पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको जानकारी दिए । खेलमा उत्कृष्ट डिफेन्डर, फरवार्ड, प्रतिदिनका खेलका उत्कृष्ट खेलाडीलाई आर्थिक नगदबाट पुरस्कृत गरिने सहसंयोजक दीपक यादवले जानकारी दिए । उत्कृष्ट खेलाडीलाई नगद पाँच हजार एक सय पुरस्कारको व्यवस्था गरिएको छ । रासस

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   8   =  

Protected by Spam Master