सैनिक अवकाशपछि पनि समाजको रोल मोडल बन्नुपर्छ :प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले अवकाश प्राप्त सैनिकहरू समाजका उर्जा र आदर्श भएको बताएका छन्। महोत्तरीको बर्दिवासस्थित मध्य पृतना हेडक्वार्टरमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले सेनाको संस्थागत हित र राष्ट्रको सार्वभौमिकता रक्षाका लागि अवकाश प्राप्त सैनिकहरूले पुर्याएको योगदान अविष्मरणीय रहेको उल्लेख गरे ।
नेपाली सेनाका अवकाश प्राप्त सकल दर्जालाई समाजमा एक जिम्मेवार, अनुशासित र मर्यादित नागरिकका रूपमा प्रस्तुत हुँदै स्थानीय स्तरमा उत्पादनशील र उद्यमी बन्न उनले आग्रह गरे। नेपाली सेनाको कल्याणकारी कोषका सुविधाहरूलाई विकेन्द्रिकृत, पारदर्शी र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै उनले शिक्षा, स्वास्थ्य, स्वरोजगार र सीप विकासका क्षेत्रमा हिताधिकारीहरूको पहुँच विस्तार भइरहेको जानकारी दिए।
कल्याणकारी कार्यमा दिगो नतिजा प्राप्त गर्न अवकाश प्राप्त सैनिकहरूको सुझाव र सहकार्य अपरिहार्य रहेको उनको ठहर छ। सम्मेलनमा सहभागीहरूले प्रदर्शन गरेको उत्साहपूर्ण मार्च पासले उनीहरूमा अझै पनि सैनिक जोश र राष्ट्रप्रतिको प्रतिबद्धता जीवितै रहेको झल्काएको भन्दै उनले सेवारत सैनिकहरू यसबाट थप उर्जावान भएको बताए।
वर्तमान र भविष्यका चुनौतीहरूको सामना गर्न सक्ने सक्षम संस्थाका रूपमा सेनालाई विकास गरी भावी पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ छ।
कल्याणकारी कोषले विस्तार गरिरहेको सञ्जालमा अनुशासित र व्यवस्थित तवरले आबद्ध रहन आग्रह गर्दै उनले ‘बहुजन हिताय, बहुजन सुखाय’ को आदर्श वाक्यलाई आत्मसात् गरी हिताधिकारीहरूको जीवनस्तर सुधार गर्न प्रयास जारी रहेको बताए।
कल्याणकारी कार्यहरूलाई विवरणमुखी भन्दा पनि परिणाममुखी, आत्मनिर्भर र आयमूलक बनाउन आवश्यक देखिएको भन्दै प्रधानसेनापतिले यसका लागि सरकारसँगको समन्वय वा आन्तरिक स्रोतबाट हरसम्भव प्रयास भइरहेको जानकारी दिए।
सैनिक व्यक्ति सेवामा रहँदा मात्र नभई अवकाशपछि पनि समाजको रोल मोडल बन्नुपर्ने उनले बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार ४, बिहीबार ०७:०२कंंगोसँग बराबरीमा रोकियो पोर्चुगल « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ३, बुधबार २०:३६सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सूचना-प्रविधि२०८३ असार ३, बुधबार १८:०६डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ३, बुधबार १७:१८स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक अघि बढाउन आवश्यक सुझाव दिनुस् :स्वास्थ्यमन्त्री









