नेपाल पत्रकार महासंघ, कास्कीको साधारण सभाको तयारी

पोखरा ।
नेपाल पत्रकार महासंघ, कास्कीले जेठ ९ गते साधारण सभा गर्ने भएको छ । आईतबार बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पत्र अनुसार कास्की शाखाले साधारण सभा गर्ने निर्णय गरेको हो । सोही अनुसार कास्की शाखाको १८ औं साधारण सभाको तयारी तीब्र पारिएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष मावध वरालले जानकारी दिए ।
चैत २८ र २९ गते मकवानपुरको हेटौडामा भएको नेपाल पत्रकार महासंघको चौथो कन्द्रीय पूर्ण बैठकले सबै शाखाले साधारण सभा गर्ने निर्णय गरेको थियो ।
बैठकले जिल्ला शाखाहरुले वैशाख १० देखि जेठ १० सम्म साधारण सभा सक्नुपर्ने मिति तय गरेको थियो । सोही अनुसार जेठ ९ गते मिति तय गरी तयारी सुरु गरिएको अध्यक्ष बरालले जानकारी दिए । महासंघको साधारण सभा हरेक डेढ वर्षमा गर्नुपर्ने प्रावधान छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21399, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ८, सोमबार १६:३८जीएमसीको साथमा ‘मिडिया कप फुटसल’
समाचार२०८३ भाद्र ८, सोमबार १२:५८प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस:यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन
समाचार२०८३ भाद्र ८, सोमबार १२:२३भिटोफ गण्डकीद्वारा होमस्टे व्यवस्थापन तालिम
समाचार२०८३ भाद्र ७, आईतवार ०६:०५गरिमा हत्या प्रकरणमा सरकार–परिवारबीच सहमति, शालिक निर्माणदेखि कानुन संशोधनसम्म








