चलचित्र ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक, भिडियोमा सविन र एलिसाको आकर्षक प्रस्तुति

काठमाडौं। आगामी वैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ। यसअघि ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक गरिसकेको निर्माण टिमले तेस्रो गीतका रूपमा यो आकर्षक डान्सिङ नम्बर दर्शकमाझ ल्याएको हो।
सार्वजनिक गीतमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द राजेन्द्र थापाले लेखेका हुन् भने संगीत राजनराज शिवाकोटीले दिएका छन्। श्यामश्वेत रसाइलीको एरेन्ज रहेको गीतले सुनिरहँदा नै नाच्न बाध्य बनाउने खालको लय समेटेको छ।
भिडियो पक्ष पनि उत्तिकै भव्य र मनोरञ्जनात्मक बनेको छ। रोशन विश्वकर्माको कोरियोग्राफीमा तयार गरिएको गीतमा चलचित्रका मुख्य कलाकार विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसँगै चर्चित डान्सर सविन कार्की (बिस्ट), एलिसा शर्मा र रोशित कर्माचार्य विशेष उपस्थितिमा देखिएका छन्। सहायक कोरियोग्राफी सुनिता पोखरेलको रहेको छ भने मेकअप विक्रम थापा र शंकर थापाले गरेका छन्। हेयर स्टाइल रश्मी दाहाल र कला निर्देशन मनिता सुन्दासको रहेको छ।
प्रकु पाण्डेयको निर्देशनमा बनेको यो चलचित्र रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टसँगको सहकार्यमा निर्माण गरिएको हो। चलचित्रको कथा स्वयं निर्देशक पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंको रहेको छ।
कलाकारहरूको सूची पनि बलियो देखिन्छ। विजय, वर्षा र मेक्समका साथै नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायतका कलाकारहरूको अभिनय रहनेछ।
प्राविधिक पक्षमा पनि चलचित्र मजबुत देखिएको छ। महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ। यसअघि सार्वजनिक गीतहरूमा हर्क साउदको शब्द, एसडी योगीको संगीत र रिकेश गुरुङको एरेन्ज रहेको थियो, जसको भिडियो कोरियोग्राफी पनि रोशन बिकले नै गरेका थिए।
आरआर फिल्म्सले वितरण गर्ने ‘मालती मंगले’ले वैशाख २५ गतेदेखि दर्शकलाई भरपूर मनोरञ्जन दिने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण १८, सोमबार १४:१९माइतीघर डुबान समस्यामा दीर्घकालीन समाधानको खोजी गरिँदै
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १८, सोमबार ०७:५६बाजुराको बडीमालिकाबाट ‘ए मेरो हजुर ५’को छायांकन शुभारम्भ हुने
समाचार२०८३ श्रावण १८, सोमबार ०७:२६सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय
समाचार२०८३ श्रावण १७, आईतवार २०:१७गृहमन्त्रीद्वारा मटिहानी–मधवापुर नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण









