उत्तम र निरुताको पुनर्मिलन ‘सारथी’मा, शुभ मुहर्त सम्पन्न

काठमाडौं। नेपाली सिनेमा क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षासहित निर्माण हुन लागेको फिल्म ‘सारथी’ को शुभमुहूर्त सम्पन्न भएको छ। निर्देशकका रूपमा कुमार गजुरेलको डेब्यु रहेको यो फिल्मको मुहूर्त सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा विधिपूर्वक गरिएको हो। मुहूर्तपछि निर्माण टिम छायांकनका लागि म्याग्दीको गुर्जा खानीतर्फ प्रस्थान गरेको छ।
निर्देशक गजुरेलका अनुसार वैशाख ९ गते बुधबारदेखि गुर्जा खानी वरपरका रमणीय स्थानहरूमा करिब ४० दिन लामो पहिलो चरणको छायांकन गरिनेछ। प्राकृतिक सौन्दर्यले भरिएको उक्त स्थानमा कथा अनुसारका महत्वपूर्ण दृश्यहरू खिचिने तयारी गरिएको छ।
फिल्म ‘सारथी’ विशेष बन्नुको अर्को कारण हो,उत्तम प्रधान र निरुता सिंहको पुनर्मिलन। करिब दुई दशकपछि यी लोकप्रिय जोडी एकै पर्दामा देखिन लागेका हुन्, जसले दर्शकमाझ उत्साह थप्ने विश्वास निर्माण टिमको छ। मुहूर्त कार्यक्रममा निरुता सिंह सहभागी थिइन् भने उत्तम प्रधान वैशाख १५ गते नेपाल आइपुगेर सोझै छायांकनमा जोडिने तयारीमा छन्।
यो फिल्ममार्फत तीन दशक लामो सम्पादन अनुभव बोकेका तारा थापा ‘किम्भे’ निर्माता रूपमा अघि आएका छन्। उनले आफ्नो अनुभवलाई सशक्त कथामा रूपान्तरण गर्दै दर्शकलाई फरक स्वाद दिन खोजिएको बताएका छन्। फिल्म किम्भे प्रोडक्सन र धीरज इन्फिनिटी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुँदैछ।
मुहूर्त समारोहमा वरिष्ठ सिनेकर्मी लक्ष्मीनाथ शर्मा, प्रकाश सायमी र मन्जुनाथ श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। साथै नेपाल छन्त्याल संघका सल्लाहकार दीपबहादुर छन्त्याल पनि अतिथिका रूपमा सहभागी भएका थिए।
फिल्ममा उत्तम र निरुतासँगै मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई र आशा विश्वकर्मा लगायतका कलाकारको अभिनय रहनेछ। सौर्यल थापा निर्माता रहेको फिल्ममा कार्यकारी निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी छन् भने लाइन प्रोडक्सन अमीर केसी र निर्देशक गजुरेल स्वयंले सम्हाल्नेछन्। ‘सारथी’ले पुराना सम्झना र नयाँ पुस्ताको स्वादलाई एकसाथ जोड्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ३१, बुधबार १४:०७स्तन क्यान्सर सचेतनाका लागि असोज १७ मा ‘पिंकवाक २०२६’ आयोजना हुँदै, वसन्तपुरदेखि पाटनसम्म पदयात्रा
खेलकुद२०८३ भाद्र ३१, बुधबार ११:४६नेपालले आज जापानसँग भलिबल खेल्दै
समाचार२०८३ भाद्र ३१, बुधबार ०६:१३एक हजार ३९९ शव फेला
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार २०:००चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार









