पोखरा स्पोर्टस अवार्डमा भूतपूर्व खेलाडी मञ्चको सहयोग

पोखरा स्पोर्टस अवार्डमा भूतपूर्व खेलाडी मञ्चको सहयोग

पोखरा ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरा स्पोर्टस् अवार्डलाई प्रदान गर्दै आएको सहयोगलाई यसपटक पनि निरन्तरता दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा रारा तयारी चाउचाउको टाईटल स्पोन्सरमा आगामी वैशाख १८ गते पोखराको ईभेन्ट सेन्टरमा आयोजना गर्ने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा प्रदान गर्दै आएको सहयोगलाई निरन्तरता दिएको हो ।

भूतपूर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन, आजीवन सदस्य पुनर्मिलन समारोहत तथा राष्ट्रिय खेलकुद पुरस्कार वितरण समारोहका बीच  भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

सो अवसरमा वोल्दै भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले पोखरा स्पोर्टस अवार्डलाई विगत देखि नै सहयोग गर्दै आइरहेको र यसपटक पनि सहयोगलाई निरन्तरता दिएको वताए । खेलकुद क्षेत्रका पत्रकारहरु संगठित भई खेलाडी, खेल प्रशिक्षक, रेफ्री, पत्रकार लाई समेटेर आयोजना गर्न लागिएको वृहत कार्यक्रमले खेलकुद क्षेत्रको गतिविधीलाई चलायमानमा टेवा पु¥याउने उनको भनाइ थियो ।

सो अवसरमा वोल्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले पोखरा स्पोर्टस अवार्डलाई भब्य र सभ्य बनाउनका लागि खेलकुद क्षेत्रमा लागेको संघ संस्थाको महत्वपूर्ण भुमिका रहने बताउदै भूतपूर्व खेलाडी मञ्चको सहयोग प्रति आभार प्रकट गरे ।

आगामी वैशाख १८ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ ।

अवार्डका लागि गण्डकी प्रदेश सरकार,प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ, केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ, होटल क्राउन प्लाजा काठमाण्डौ, फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पा पोखरा लेकसाईड, जिल्ला खेलकुद बिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ (हङकङ), रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको विशेष सहयोग रहेको छ ।

त्यसैगरी सहयोगीहरुमा टाइगर ग्रुप अफ पोखरा, सहारा क्लब, तमु धिँ युके, भूतपूर्व खेलाडी मञ्च, मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष मोहन घले,  विनोद गुरुङ, जापानबाट युवराज गुरुङ, निशान रानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापा अष्टे«ेलिया र राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि (राइनो क्याफे एण्ड शवार्मा स्टेशन), शिद्धार्थ पाण्डे कम्प्युटर सेन्टर न्युरोड, लामा कलेक्सन न्यूरोड पोखरा रहेका छन । अन्य सहयोगी संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21408, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   9   =  

Protected by Spam Master