प्युठानमा तीर्थयात्री बोकेको जिप दुर्घटना: एक बालकको मृत्यु, २१ जना घाइते

प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।
भिङ्ग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर एक बालकको ज्यान गएको हो भने मृतकको पहिचान अझै खुल्न बाँकी छ।
उक्त दुर्घटनामा २१ जना घाइते भएका छन्, जसमा ५ जना बालबालिका रहेका छन्। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बुटवल रिफर गरिएको छ।
घाइतेहरूलाई प्रहरी र स्थानीयबासीको सहयोगमा उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्रारम्भिक उपचारका लागि लगिएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21425, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ४, बिहीबार १३:४२फोहोर उठाउँदै भविष्य जोडेका महिलाहरु
समाचार२०८३ असार ३, बुधबार १७:४१पोखरामा ‘यामाहा फेस्ट’ सुरु, एक्सचेन्जमा विशेष अफर
समाचार२०८३ असार ३, बुधबार ०८:१३समुदायको पहलले जोगियो भुर्तेल आधारभूत विद्यालय
समाचार२०८३ असार २, मंगलवार ०८:१३रास्वपाका गण्डकी प्रदेश सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेम्जाद्वारा सम्मान








