म्यागङ अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाबास जित्यो

म्यागङ अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाबास जित्यो

धादिङबेशी,१३ वैशाख । म्यागङ गाउँपालिकामा आयोजित चौथो बागमती प्रदेश अन्तरपालिकास्तरीय म्यागङ गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाबास गाउँपालिकाले हात पारेको छ ।

म्यागङ–५, सामरीस्थित ऐतिहासिक जालपादेवी मन्दिरको प्राङ्गणमा सञ्चालित प्रतियोगिताको फाईनलमा उत्कृष्ट स्पाइकको प्रदर्शन गर्दै खनियाबासले सिद्धलेकलाई पराजित गरी प्रतियोगिताको मुख्य ट्रफी आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमश ३ लाख ३४ हजार ३३३ रुपैयाँ, २ लाख २३ हजार ३३३ रुपैयाँ र १ लाख १२ हजार २२२ रुपैयाँ नगदसहित तक्मा, प्रमाणपत्र र शिल्ड प्रदान गरिएको छ । सान्त्वना स्थान हासिल गर्ने पालिकालाई ५६ हजार ६६६ रुपैयाँ प्रदान गरिएको थियो ।

खेलकुदको माध्यमबाट पालिकाहरूबीचको भाइचारा र समन्वयलाई अझ प्रगाढ बनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङले बताउनु भयो । खेलाडीहरुको मनोबल उच्च बनाउनको लागी धादिङबाट खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ,उपाध्यक्ष सेक्केमान तामाङ र सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा प्रतियोगिता स्थलमा पुग्नुभएको थियो । प्रतियोगितामा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले बिजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   6   =  

Protected by Spam Master