कक्षा ८ को परिक्षामा न्यु किबो बोर्डिङ स्कुलका दुई विद्यार्थीले ल्याए ४ जिपीए

कक्षा ८ को परिक्षामा न्यु किबो बोर्डिङ स्कुलका दुई विद्यार्थीले ल्याए ४ जिपीए

धादिङको न्यु किबो बोर्डिङ स्कुलका कक्षा ८ मा अध्ययनरत दुई विद्यार्थीले चार जिपीए ल्याएका छन् । कक्षा ८ (बीएलई) परीक्षाको नतिजामा रिटोटलिङ (पुनः जाँच) पछि ४.०० जीपीए प्राप्त गरेका विद्यालयका प्रिन्सिपल प्रयास रेग्मीले जानकारी दिनुभयो ।गत चैत २७ गते सार्वजनिक गरेको नतिजामा जेनिक रानाले ३.९४ जीपीए र अंकित लम्सालले ३.८६ जीपीए ल्याउनु भएको थियो । नतिजा बारे चित्त नबुझेपछि विद्यालयले पुन जाँचको लागि आवेदन दिईएको प्रिन्सिपल रेग्मीले बताउनुभयो ।

पुन जाँचपछि जेनिक राना र अंकित लम्सालले ४.०० जीपीए प्राप्त गर्नुभएको छ । न्यू किबो बोर्डिङ स्कूलका कुल ४६ विद्यार्थीमध्ये २ जनाले ४.० जीपीए प्राप्त गरेका छन् भने ३९ जनाले ३.६१ देखि ३.९९ जीपीए (A+) ल्याएका छन् । साथै ५ जनाले ३.२० देखि ३.६० जीपीए (A)  प्राप्त गरेका छन् । विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ। रिटोटलिङपछिको संशोधित नतिजासँगै नीलकण्ठ नगरपालिकामा ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या बढेर १२ पुगेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   8   =  

Protected by Spam Master