रुपन्देहीमा सुकुमबासीहरु एकजुट, सरकारविरुद्ध आन्दोलनको घोषणा

बुटवल । रूपन्देहीका सुकुमबासी तथा अव्यवस्थित बसोवासीहरुले सरकारविरुद्ध आन्दोलन गर्ने भएका छन्।
सुकुमबासी बस्ती खाली गराउन थालेको सरकारले देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी सार्वजनिक जग्गा संरक्षण गर्न निर्देशन दिएपछि रूपन्देहीका सुकुमबासीहरुले सङ्घर्ष समिति गठन गरेका छन्।
आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी खड्क बहादुर पौडेलको अध्यक्षतामा २३ सदस्यीय सङ्घर्ष समिति गठन गरिएको हो ।
सङ्घर्ष समितिले स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारलाई ज्ञापनपत्र बुझाउनुका साथै माग पूरा नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
पौडेलले सुकुमबासीलाई व्यवस्थापन गरेर मात्रै बस्ती हटाउनुपर्ने माग राखेका थिए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार ५, शुक्रबार ०७:५८कतारको पोष्टमा क्यानडाको ६ गोल « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ४, बिहीबार १९:५०नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता
समाचार२०८३ असार ४, बिहीबार १७:५०दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ असार ४, बिहीबार १०:१०‘आई एम जितबहादुर’को ग्राण्ड प्रिमियर सम्पन्न, चलचित्रकर्मीबाट सकारात्मक प्रतिक्रिया









