नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण

धादिङ,२२ बैशाख
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ रFoundation Diyo Nepal संयोजनमा स्थानीय विद्यालयका लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको छ ।विद्यालय नर्स व्यवस्था भएका विद्यालयहरूलाई लक्षित गरी आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
विद्यालयको स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त समाग्री वडा नं १२ का अध्यक्ष राजकुमार भण्डारीले हस्तान्तरण गर्नुभएको हो ।
उक्त कार्यक्रमको संयोजन समाजसेवी तथा विद्यालयका शुभचिन्तक शिवहरी सापकोटा ले गर्नुभएको थियो। कार्यक्रममा वडा सदस्य तथा न्यायिक समिति सदस्य गोविन्द सापकोटा को उपस्थिति रहेको थियो भने समग्र व्यवस्थापनमा स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूको सक्रिय सहभागिता देखिएको थियो।
विद्यालयहरूमा स्वास्थ्य सामग्री अभावका कारण दैनिक स्वास्थ्य सेवामा आउने समस्यालाई न्यूनीकरण गर्ने वडा अध्यक्ष राजकुमार भण्डारीले बताउनुभयो । उक्त सामग्रीले विद्यार्थीहरूको नियमित स्वास्थ्य जाँच, प्राथमिक उपचार तथा आकस्मिक सेवामा सहजता ल्याउने अपेक्षा गरिएको छ।स्थानीय तहले आगामी दिनमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ। विद्यालय नर्स कार्यक्रम सन्चालन भएका पशुपति मावि र सांकोष माविमा उक्त सामान वितरण गरीएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २२, मंगलवार २१:११‘महाराजधिराज’ को शुभमुहूर्त, २५ गतेबाट छायांकन
समाचार२०८३ बैशाख २२, मंगलवार २०:००जेलेन्स्कीको रुसप्रति आलोचनात्मक टिप्पणी
समाचार२०८३ बैशाख २२, मंगलवार १८:४२नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख २२, मंगलवार १३:०४नेपालमा करिब आठ प्रतिशत मानिसलाई दम रोग







