एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नतिजा केही समयपछि बोर्डको वेबसाइट तथा विभिन्न माध्यमबाट हेर्न सकिने जनाइएको छ ।
यस वर्षको एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो । परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले अघिल्ला वर्षको तुलनामा छिट्टै नतिजा सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21593, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २८, सोमबार २३:५१एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
समाचार२०८३ बैशाख २८, सोमबार १०:५७काठमाडौं अवतरणका क्रममा टर्किस एयरलाइन्सको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
समाचार२०८३ बैशाख २७, आईतवार १२:५६एसईई नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी
समाचार२०८३ बैशाख २७, आईतवार १२:१४इरान युद्धले हामीलाई अप्ठ्यारो स्थितिमा पार्यो : पुटिन







