नेपालको उत्कृष्ट प्रदर्शनले आईसीसीको वरीयतामा सुधार

काठमाडौं, जेठ ६ । नेपाली क्रिकेट खेलाडीको आईसीसीको वरीयतामा सुधार भएको छ । हाल घरेलु मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका कारण नेपाली खेलाडीको वरीयतामा सुधार भएको हो ।
ब्याटिङ तर्फ ओपनर ब्याट्सम्यान कुशल भुर्तेल १७ स्थान सुधार गर्दै १ सय स्थानमा उक्लिएका छन् ।अर्का ओपनर आसिफ शेख ७ स्थान सुधार गर्दै ८७ स्थानमा रहेका छन् भने उपकप्तान दीपेन्द्र सिंह एरी ९९ औँ स्थानमा यथावत रहेका छन् ।
अलराउन्डरतर्फ दीपेन्द्र सिंह एरी र सन्दीप लामिछाने समान तीन/तीन स्थान सुधार गर्दै क्रमशः २५ औँ र ६८ औँ स्थानमा पुगेका छन् । यस्तै ललित राजवंशी १२ स्थान छलाङ मार्दै ७४ स्थानमा उक्लिएका छन् भने करण केसी पाँच स्थान तल झर्दै ८९ औँ स्थानमा पुगेका छन् ।
बलिङतर्फ सन्दीप लामिछाने ६ स्थान सुधार पर्दै ३७ स्थानमा उक्लिएका छन् भने ललित राजवंशी १६ स्थान माथि उक्लिदै ५४ औँ स्थानमा पुगेका छन् । दीपेन्द्र सिंह एरीपनि तीन स्थान सुधार गर्दै ७९ औँ स्थानमा पुग्दा करण केसी ९६ औँ स्थानमा रहेका छन् । उनको आठ स्थान खस्किएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ६, बुधबार २२:०४स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच जेनेभामा भेटवार्ता
खेलकुद२०८३ जेष्ठ ६, बुधबार २०:२६नेपालको उत्कृष्ट प्रदर्शनले आईसीसीको वरीयतामा सुधार
खेलकुद२०८३ जेष्ठ ६, बुधबार १०:०५राजस्थान रोयल्ससँग लखनउ ७ विकेटले पराजित
समाचार२०८३ जेष्ठ ६, बुधबार ०७:०५नेत्रावतीमा कपाल काट्ने सिपमुलक तालिम सुरु









