BPR प्रतिवेदन

प्रेस काउन्सिल नेपालको विद्यमान सेवा प्रवाहलाई कसरी छिटोछरितो, सहज र आगामी दिनमा काउन्सिललाई कसरी बलियो, प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न गठित कार्यप्रक्रया पुनर्संरचना (Business Process Re-engineering: BPR) कार्यान्वयनसम्बन्धी प्रतिवेदन, २०८३ कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) एवं प्रशान/अनुसन्धान तथा मिडिया प्रवद्र्धन महाशाखा प्रमुख दीपक खनालको संयोजकत्वमा गठित कार्यदलले मुख्य अधिकृत झबिन्द्र भुसाललाई उक्त प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओ.एन्ड.एम. सर्भे) गरी काउन्सिलको बोर्ड तथा कर्मचारी संरचनालाई आधुनिक ढाँचाको बनाउनुपर्ने, सबै सेवालाई अनलाइन प्रणालीबाट प्रवाह गर्न सर्वप्रथम काउन्सिलमा एकीकृत अभिलेख तथा डिजिटलाइजेसन प्रणालीको व्यवस्था हुनुपर्ने, तत्कालको संरचनाभित्र रहेर पनि सेवाग्राहीलाई शीघ्र र सहज सेवा प्रदान गर्न सेवाग्राहीलाई पर्ने दोहोरो झन्झट, कागजात हटाउने, घटाउने लगायतका कुरा व्यवहारमा लागु गर्नेजस्ता विषय उल्लेख छ ।

सबै शाखा, महाशाखालाई मिलाएर गठन गरिएको यस कार्यदलमा सहप्रशासकीय अधिकृत (आचारसंहिता अनुगमन तथा उजुरी सुनुवाई महाशाखा प्रमुख) रामशरण बोहरा, उपप्रशासकीय अधिकृत (नीति, योजना तथा प्रशासन शाखा प्रमुख) रहमतुल्ला मियाँ, उपप्रशासकीय अधिकृत (आचारसंहिता अनुगमन शाखा प्रमुख) सबिता ढकाल, शाखा अधिकृत विष्णु शर्मा लम्साल, शाखा अधिकृत सुवास राई र अनुगमन अधिकृत सञ्चिता घिमिरे सदस्य रहनुभएको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2026/05/26/11800/, www.presscouncilnepal.gov.np
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २९, सोमबार २१:५५कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पत्रकार हितानमगर र गुरुङ सम्मानित
समाचार२०८३ असार २९, सोमबार २१:४४विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट
समाचार२०८३ असार २९, सोमबार १९:५०काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी मार्गनिर्देशिका बनाएर अघि बढ्ने
समाचार२०८३ असार २८, आईतवार १६:३४सम्मानित एलेक्सा लाइफ साइन्सेसको गुनासो : १९ वर्षदेखि मूल्य समायोजन नहुँदा स्लाइन उद्योग संकटमा






