धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

धादिङबेशी,१७ जेष्ठ । धादिङ बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडको आयोजनामा कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार धादिङस्थित आइके गेस्ट हाउसमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाका विभिन्न सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरू सहभागी भएका थिए ।
सहकारी क्षेत्रलाई प्रविधिमैत्री, पारदर्शी तथा प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा प्रशिक्षक नवराज घोरासैनीले एआईको अवधारणा, यसको उपयोगिता तथा सहकारी क्षेत्रमा यसको सम्भावित प्रयोगबारे जानकारी दिनुभयो । उहाँले बचत तथा ऋण व्यवस्थापन, सदस्य सेवा, वित्तीय विश्लेषण तथा धोखाधडी पहिचानलगायतका क्षेत्रमा एआईको प्रयोगले सहकारी संस्थाको कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्न सक्ने बताउनुभयो ।
कार्यक्रममा डिजिटल प्रविधिको प्रभावकारी उपयोगमार्फत सहकारी संस्थाहरूलाई अझ दक्ष, उत्तरदायी तथा पारदर्शी बनाउन सकिने विषयमा समेत छलफल गरिएको थियो। सहभागीहरूले एआई प्रविधिको प्रयोग सम्बन्धी जिज्ञासा राख्दै यसको व्यावहारिक पक्षबारे जानकारी लिएका थिए ।
सङ्घकी सभापति सीता दुवाडी खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव शान्तविक्रम बानियाँले गर्नुभएको थियो । अभिमुखीकरण कार्यक्रममा धादिङका विभिन्न सहकारी संस्थाका सञ्चालक समिति सदस्य तथा कर्मचारी गरी ३७ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ १८, सोमबार ०५:५०गुजरातलाई हराउँदै बेङ्गलुरुले जित्यो दोस्रोपटक आईपीएलको उपाधि
समाचार२०८३ जेष्ठ १७, आईतवार १८:०३सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १७, आईतवार १२:२६‘आ बाट आमा २’ मा मल्लिका महत
खेलकुद२०८३ जेष्ठ १७, आईतवार १०:०६साफ महिला च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्दै








