गुजरातलाई हराउँदै बेङ्गलुरुले जित्यो दोस्रोपटक आईपीएलको उपाधि

काठमाडौं, जेठ १८ । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधि जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको फाइनलमा जित निकाल्दै आरसीबीले लगातार दोस्रोपटक उपाधि जितेको हो ।
पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएको थियो । गुजरातका लागि वासिङ्टन सुन्दरले अविजित ५० रन बनाए भने निशान्त सिन्धुले २० तथा जोस बटलरले १९ रन जोडे। आरसीबीका रसिख सलाम दारले ३ विकेट लिए भने जोश हेजलवुड र भुवनेश्वर कुमारले समान २–२ विकेट हात पारे।
जितको लागि १५६ रनको लक्ष्य पछ्याएको आरसीबीका लागि विराट कोहली नायक बने । उनले ४२ बलमा अविजित ७५ रनको शानदार इनिङ्स खेले। कोहलीले आफ्नो सबैभन्दा छिटो आईपीएल अर्धशतक पूरा गर्दै टोलीको जितको आधार तयार पारे। आरसीबीले १८ ओभरमै ५ विकेट गुमाएर १६१ रन बनाउँदै उपाधि आफ्नो नाम गर्यो।
फाइनलमा आरसीबीको बलिङ नै निर्णायक बन्यो। सुरुदेखि नै नियमित अन्तरालमा विकेट लिँदै गुजरातलाई ठूलो स्कोर बनाउनबाट रोकेको थियो । वासिङ्टन सुन्दरले अन्तिमतिर संघर्षपूर्ण अर्धशतक बनाए पनि टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याउन पर्याप्त हुन सकेन ।
यस जितसँगै आरसीबी आईपीएल इतिहासमा लगातार दुई सिजन उपाधि जित्ने तेस्रो टोली बनेको छ। यसअघि चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले मात्र यस्तो उपलब्धि हासिल गरेका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०७:४४ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
समाचार२०८३ असार २८, आईतवार १९:०९धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल









