रामकोट साकोसद्धारा शेयर सदस्यहरूको सीप विकास र आत्मनिर्भरताका लागि बुक्के बनाउने तालिम

धादिङबेशी,१७ जेष्ठ । रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले युवा तथा महिला शेयर सदस्यहरूको सीप विकास र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको दुईदिने बुक्के बनाउने तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।
जेठ १५ र १६ गते सञ्चालन गरिएको तालिम संस्थाका उपाध्यक्ष राजकुमार श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रवक्ता, वडा नम्बर ८ का वडा अध्यक्ष तथा संस्थाका संस्थापक एवं सल्लाहकार प्रकाशकुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा विशिष्ट अतिथि, युवा तथा महिला सदस्य, सञ्चालक समितिका पदाधिकारी तथा व्यवस्थापन पक्षको उपस्थिति रहेको थियो।
तालिममा सहभागी सदस्यहरूले बुक्के निर्माणसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप हासिल गरेका छन्। संस्थाका अनुसार तालिमले सहभागीहरूलाई स्वरोजगार तथा आयआर्जनका अवसरतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।
समापन कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सभाध्यक्षले सहभागीहरूलाई तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गरी आत्मनिर्भरता तथा आयआर्जनतर्फ अग्रसर हुन शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा प्रशिक्षक सरस्वती श्रेष्ठप्रति तालिम सफलतापूर्वक सञ्चालन गरी सहभागीहरूलाई उपयोगी ज्ञान तथा सीप प्रदान गरेको भन्दै विशेष धन्यवाद ज्ञापन गरिएको थियो।
तालिमको समापनसँगै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै, कार्यक्रमप्रति उत्साहजनक सहभागिता जनाउने सम्पूर्ण शेयर सदस्यहरूलाई संस्थाले धन्यवाद व्यक्त गरेको छ।संस्थाले सदस्यहरूको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकासका लागि आगामी दिनमा पनि यस्ता सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ३१, आईतवार २०:५०धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन
खेलकुद२०८३ जेष्ठ ३१, आईतवार ११:४८अष्ट्रेलियाकाे विजयी सुरुआत « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३१, आईतवार ११:१५रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण
खेलकुद२०८३ जेष्ठ ३१, आईतवार ०९:४५२८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो « रिपोर्टर्स नेपाल








