सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

धादिङ,२० जेठ
धादिङको सिद्धलेक गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा गरिएको छ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित सिद्धलेक गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को वडा तथा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा सभा सम्पन्न गरेको छ।गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला खोप समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदीको विशेष आतिथ्यता रहेको थियो ।

सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविता अर्याल, जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव अर्जुन पौडेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुदीप रेग्मी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।कार्यक्रममा चालु आर्थिक वर्षको खोप कार्यक्रम सफल बनाउन उल्लेखनीय योगदान पु¥याएका चार जना स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरिएको थियो। गाउँपालिकाले सातवटै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण गर्दै पालिका स्तरको प्रमाणपत्रसमेत प्राप्त गरेको जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी तथा जिल्ला खोप समन्वय समितिका उपप्रमुख विश्वकर्माले खोप कार्यक्रमले बालबालिकामा रोगविरुद्धको प्रतिरोधात्मक क्षमता विकास गरी सुरक्षित भविष्य निर्माणमा योगदान पु¥याएको उल्लेख गर्नुभयो। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले बालबालिकाको स्वास्थ्य सुरक्षा र खोप सुनिश्चितताका लागि गाउँपालिकाले गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो।गाउँपालिका अध्यक्ष खतिवडाले पूर्ण खोप सुनिश्चितता अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले आगामी जेठ २२ गतेदेखि “गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक सम्मान कार्यक्रम” सञ्चालन गरिने जानकारी दिँदै स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।उपाध्यक्ष सविता अर्यालले १५ महिनाभित्र सबै खोप प्राप्त गर्नुपर्ने बालबालिका तथा १५ देखि २३ महिनासम्मका बालबालिकाको खोज तथा अनुगमन गरी कुनै पनि बालबालिका खोपबाट वञ्चित नरहेको सुनिश्चित गरिएको बताउनुभयो।

यो पनि पढ्नुहोस् :  सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

उहाँले गर्भवती महिलाको स्वास्थ्य संरक्षण र स्वस्थ शिशु जन्म सुनिश्चित गर्नु खोप कार्यक्रमको आधारभूत पक्ष भएको उल्लेख गर्नुभयो।स्वास्थ्य शाखा प्रमुख शंकरबहादुर दुवाडीले वडा तहदेखि पालिका तहसम्म ‘खोज र खोप’ अभियान सञ्चालन गरी सबै बालबालिकाले आवश्यक खोप प्राप्त गरेको सुनिश्चित गरिएपछि प्रमाणीकरण प्रक्रिया पूरा गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला खोप समन्वय समितिबाट गरिएको प्रमाणीकरणपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो। जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलले पूर्ण खोप कार्यक्रम स्वास्थ्य क्षेत्रको पहिलो प्राथमिकतामा रहेको बताउँदै प्रत्येक बालबालिकाको खोप प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   5   =