नीलकण्ठ ४ सुन्दर बस्ती टोल विकास संस्थामा लागुऔषध दुर्व्यसन तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

धादिङ,१६ जेठ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ स्थित सुन्दर बस्तीमा लागुऔषध दुव्र्यसन नियन्त्रण, आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।नीलकण्ठ नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा सुन्दर बस्ती टोल विकास संस्थाका पदाधिकारी, सदस्य तथा बालबालिकासहित ९२ जनाको सहभागिता रहेको थियो। कार्यक्रम बाल क्लबकी अध्यक्ष निशा अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुन्दर बस्ती टोल विकास संस्थाका अध्यक्ष रेशमराज अधिकारीको प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रममा संस्थाका सचिव भेषराज खाण ठकुरीको विशेष आतिथ्यता रहेको कार्यक्रममा चिल्ड्रेनपार्क आवासीय माविका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठ लगायत सरोकारवाला निकायका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सुरक्षित आप्रवासान सामी कार्यक्रमका जिल्ला संयोजक तथा अधिवक्ता दिनेश दुवाडीले लागुऔषध दुव्र्यसनको परिचय, यसको लत लाग्ने कारण, परिवारले अपनाउनुपर्ने सावधानी तथा सम्बन्धित कानुनी व्यवस्थाबारे सहजीकरण गर्नुभएको थियो । उहाँले युवापुस्तालाई दुव्र्यसनबाट जोगाउन परिवार, विद्यालय र समुदायको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

यस्तै, नीलकण्ठ नगरपालिकाकका मनोसामाजिक परामर्शदाता रामकुमार थापाले आत्महत्या रोकथामका उपाय, आत्महत्यापूर्व देखिन सक्ने जोखिम संकेतहरूको पहिचान, जोखिममा रहेका व्यक्तिलाई सहयोग गर्ने तरिका तथा मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनसम्बन्धी विषयमा जानकारी गराउनु भएको थियो ।कार्यक्रममा नीलकण्ठ एफएमका प्राविधिक प्रमुख विनोद तमु बल्लुले लागुऔषध दुव्र्यसनबाट बाहिर निस्कने उपाय, परिवारले ध्यान दिनुपर्ने पक्ष तथा दुव्र्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे सहजीकरण गर्नुभएको थियो ।

सहभागीहरूले कार्यक्रमबाट लागुऔषध दुव्र्यसन, मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त भएको बताउनु भएको थियो । समुदायस्तरमा यस्ता सचेतनामूलक कार्यक्रमले सामाजिक विकृति न्यूनीकरण गर्न तथा मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ३१, आईतवार २०:५०धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन
खेलकुद२०८३ जेष्ठ ३१, आईतवार ११:४८अष्ट्रेलियाकाे विजयी सुरुआत « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३१, आईतवार ११:१५रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण
खेलकुद२०८३ जेष्ठ ३१, आईतवार ०९:४५२८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो « रिपोर्टर्स नेपाल








