चलचित्र समीक्षा तथा पत्रकारितासम्बन्धी तीन दिने तालिम सम्पन्न

चलचित्र समीक्षा तथा पत्रकारितासम्बन्धी तीन दिने तालिम सम्पन्न

समापन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए ।

काठमाडौं । चलचित्र समीक्षा तथा चलचित्र पत्रकारितासम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । आइडिया ग्रोभको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा अनामनगरस्थित सिलौटो कटेजमा जेठ २५ देखि २७ गतेसम्म तालिम सञ्चालन भएको हो ।

चलचित्र पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्ने, समीक्षा लेखनलाई व्यावसायिक, जिम्मेवार र तथ्यपरक बनाउने उद्देश्यले आयोजित तालिममा विभिन्न सञ्चारमाध्यममा आबद्ध २५ जना पत्रकार सहभागी थिए ।

तालिममा चलचित्र समीक्षा लेखन, चलचित्र पत्रकारिताको वर्तमान अवस्था, समीक्षा लेखनका मापदण्ड, चलचित्रको कलात्मक तथा प्राविधिक पक्षको मूल्यांकन, दर्शक दृष्टिकोण र जिम्मेवार सञ्चार अभ्यासलगायत विषयमा प्रशिक्षण दिइएको थियो । तालिममा राजेश गङ्गाजु, अखण्ड भण्डारी र शान्ताराम बिडारीले सहजीकरण गरेका थिए ।

समापन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए । उनले स्वस्थ समीक्षा र तथ्यपरक पत्रकारिताले नेपाली चलचित्र उद्योगलाई थप सशक्त बनाउन योगदान पुर्‍याउने धारणा राखे ।

अध्यक्ष डिसीले चलचित्रका सकारात्मक तथा आलोचनात्मक पक्षलाई सन्तुलित ढंगले प्रस्तुत गर्न पत्रकारहरूलाई आग्रह गरे । यस्ता तालिमले चलचित्र पत्रकारितामा व्यावसायिकता र नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा पनि चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि बोर्डले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

आयोजक आइडिया ग्रोभका प्रतिनिधिहरूले तालिमले सहभागी पत्रकारहरूलाई चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिताको व्यावहारिक ज्ञान हासिल गर्ने अवसर दिएको बताए । तीन दिनसम्म चलेको तालिम अन्तरक्रिया, अनुभव आदानप्रदान र अभ्यासमूलक सत्रसहित सम्पन्न भएको आयोजकले जनाएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   3   =