कस्मेटिक ब्रान्डको एम्बासडर बनिन् परीक्षा लिम्बु

कस्मेटिक ब्रान्डको एम्बासडर बनिन् परीक्षा लिम्बु

काठमाडौँ। कोरियन प्रविधिमा आधारित तथा नेपालमै उत्पादन भइरहेको कस्मेटिक ब्रान्ड ORA Korea ले मोडल तथा कलाकार परीक्षा लिम्बुलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर घोषणा गरेको छ।

राजधानीमा आयोजित विशेष कार्यक्रममा ORA Korea ले परीक्षा लिम्बुसँगको सहकार्य सार्वजनिक गरेको हो। कार्यक्रममा कम्पनीका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कम्पनीले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सौन्दर्य सामग्री उपलब्ध गराउने उद्देश्यसहित नेपालमै उत्पादन गरिएका आफ्ना उत्पादनहरू बजारमा ल्याउँदै आएको जनाएको छ। ब्रान्ड एम्बासडरको रूपमा परीक्षा लिम्बुको सहभागिताले ब्रान्डलाई अझ व्यापक रूपमा नेपाली उपभोक्तामाझ पुर्‍याउन मद्दत पुग्ने विश्वास कम्पनीको छ।

घोषणा कार्यक्रममा बोल्दै परीक्षा लिम्बुले गुणस्तरीय नेपाली उत्पादनसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै ORA Korea को प्रवर्द्धनमा आफ्नो सक्रिय भूमिका रहने उल्लेख गरिन्।

कम्पनीका अनुसार आगामी दिनहरूमा विभिन्न प्रचार प्रसार अभियान, डिजिटल क्याम्पेन तथा उपभोक्तामुखी कार्यक्रमहरूमा परीक्षा लिम्बुको सहभागिता रहनेछ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  चलचित्र समीक्षा तथा पत्रकारितासम्बन्धी तीन दिने तालिम सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   9   =