हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

धादिङबेशी,२९ जेष्ठ । धादिङको नीलकण्ठ नगरपालिका–३ पुच्छार बजार निवासी कृष्णकुमार श्रेष्ठ (समीर) ले स्वर्गीय हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्।

हरिमाया श्रेष्ठको निधन भएको ९० औँ पुण्यतिथिका अवसरमा आयोजित कार्यक्रममा छात्रावासमा पानीको धारा निर्माणका लागि उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो। कार्यक्रममा आमाको माया छात्रावासका अध्यक्ष डा. नवीन बन्धु पहाडी, सदस्य कृष्ण बद्री पौडेल तथा छात्रावासमा आश्रित विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वर्गीय हरिमाया श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। साथै विद्यार्थीहरूले भजन–कीर्तनसमेत गरेका थिए।

सहयोग हस्तान्तरणका क्रममा कृष्णकुमार श्रेष्ठले हरिमाया श्रेष्ठको स्मृतिमा सामाजिक कार्य गर्ने उद्देश्यले छात्रावासलाई सहयोग गरिएको जानकारी दिए। उनका अनुसार छात्रावासमा आश्रित बालबालिकाको आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।

कार्यक्रममा बोल्दै अध्यक्ष डा. नवीन बन्धु पहाडीले यस्ता सहयोगले छात्रावास सञ्चालन तथा विद्यार्थीहरूको आवश्यकता व्यवस्थापनमा सहयोग पुग्ने बताए। छात्रावासका अनुसार प्राप्त सहयोग रकम पानीको धारा निर्माणमा उपयोग गरिनेछ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  धादिङको ज्वालामुखी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   1   =