क्यान्सरका अत्यावश्यक औषधिको अभाव तत्काल अन्त्य गर्न सरकारसँग माग

क्यान्सरका अत्यावश्यक औषधिको अभाव तत्काल अन्त्य गर्न सरकारसँग माग

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता थपलियाले क्यान्सरका बिरामीले प्रयोग गर्ने अत्यावश्यक औषधिको अभाव तत्काल अन्त्य गर्न सरकारसँग माग गरेकी छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा थपलियाले क्यान्सरविरुद्धको किमोथेरापीमा प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिन जस्ता औषधि नपाउँदा बिरामीको जीवन जोखिममा परेको बताइन् ।

स्वास्थ्यमन्त्री निशा मेहताले केही समयअघि औषधि व्यवस्था विभागको निरीक्षण गरी आपूर्ति सहज बनाउन निर्देशन दिए पनि त्यसको प्रभाव नदेखिएको थपलियाले बताइन् । ‘मन्त्रीज्यूले निरीक्षण गरेर निर्देशन दिएको भनियो, तर आज पनि बिरामीले औषधि पाएका छैनन् । हिजो मात्रै भक्तपुर क्यान्सर अस्पतालमा किमोका लागि पुगेका बिरामीले औषधि नपाएर मलाई गुहार्नुभएको छ। मन्त्रीको निर्देशन कहाँ हरायो ?,’ उनले भनीन् ।

मन्त्रीलाई केवल निर्देशन दिएर मात्र नबस्न र बिरामीको हातमा औषधि पुगेको नपुगेको अनुगमन गर्न समेत आग्रह गरिन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत « रिपोर्टर्स नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   3   =