सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

धादिङबेशी,३ असार । धादिङको सिद्धलेक गाउँपालिकामा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ स्थित पञ्चमुखी माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा गाउँपालिकाभित्रका १३ माध्यमिक विद्यालयका २४ जना विद्यार्थीको सहभागिता रहेको थियो।

प्रतियोगितामा बागबच्छला माध्यमिक विद्यालयकी आयुष्मा खनाल प्रथम, पञ्चमुखी माध्यमिक विद्यालयकी रितु लुङ्गेली द्वितीय र नलाङ माध्यमिक विद्यालयकी राममाया सिम्खडा तृतीय हुनुभएको छ। त्यसैगरी कुशल अर्याल, अनमिका गुरुङ, विशेषता पौडेल, रिकेश घले र अञ्जु श्रेष्ठले सान्त्वना स्थान हासिल गरेका छन्। विजयी तथा सान्त्वना स्थान प्राप्त प्रतियोगीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। सहभागी सबै विद्यार्थीलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो।

सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै उहाँले गाउँपालिकाले शिक्षाको क्षेत्रमा प्रगति हासिल गरिरहेको बताउनुभयो। हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा, एसईईको नतिजामा पञ्चमुखी माध्यमिक विद्यालयले धादिङ जिल्लामै उत्कृष्ट नतिजा हासिल गरेको उल्लेख गर्दै उहाँले शिक्षाको गुणस्तर सुधार, विद्यार्थी प्रोत्साहन तथा विद्यालय पूर्वाधार विकासका लागि गाउँपालिकाको सहयोग निरन्तर रहने बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा वडा नम्बर ३ का वडा अध्यक्ष देवबहादुर पुलामीले वक्तृत्वकलाले विद्यार्थीको नेतृत्व क्षमता, आत्मविश्वास र अभिव्यक्ति विकासमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, प्रतिनिधि तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  पोखरामा ‘यामाहा फेस्ट’ सुरु, एक्सचेन्जमा विशेष अफर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   7   =